
नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै जीवन गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली र उहाँहरुका परिवारजनहरुमा समवेदना प्रकट गरेको छ । साथै, प्रभावित क्षेत्रमा राहत सामग्री लगायत अवरुद्ध सेवा सुविधाहरु यथाशीघ्र सुचारु गर्ने÷गराउने व्यवस्थाका लागि सरकार लगायत सम्वद्ध...

सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । डा. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ । सरकार प्रति आक्रोशित बन्दै गएको नेपाली काँग्रेसले सडक देखि संसद सम्म आवाज उठाउने प्रयास गरेको छ । जनहितको विपक्षमा भएको निर्णय भन्दै काँग्रेस संसदमा एकतावद्ध रुपले प्रस्तुत भएपनि सडक आन्लोदन भने प्रभावकारी...
चितवन । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै राजनीतिक उपलब्धि काँग्रेसले युद्ध जितेर हासिल गरेको तर अहिलेको निर्वाचनको लडाइँ मात्रै हारेकाले कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन् । काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको संगठन सुदृढीकरण तथा पुनःजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दै गर्दा अनेकौंँ लडाइँ हारेको तर युद्ध जितेको बताए । उनले भने, “अब पाँच वर्ष काँग्रेस सरकारमा नरहँदा कुनै कार्यकर्ताको हरिबिजोक...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ९ गते सभागृहको हलमा लेनिनको तस्बिर नराखिएकोमा हुलदङ्गा हुनुलाई ‘केटाकेटीपन’को संज्ञा दिएका छन् । उनले कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठ, जनताको बहदलीय जनवादका प्रणेता मदन भण्डारी र नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको महत्त्व नबुझेको जिकिर गरे । बिहीबार राजधानीमा आयोजित मनमोहन अधिकारीको १९ औं स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धि र स्थायित्व दिन एमाले र माओवादी केन्द्रबीचको निकट भविष्यमा हुने...

संविधान सभाको ठूलो बहुमतले पारित गरेको नेपालको संविधान, २०७२ प्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको अन्तिमतिर नेपालमा भ्रमणमा आउने भएका छन् । चैत तेस्रो साता भारतको तीनदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली रहँदा प्रधानमन्त्री केपी ओलीले सबैजसो औपचारिक र अनौपचारिक कार्यक्रममा भूगोलले सानोठूलो भए पनि नेपाल र भारतको हैसियता एउटै भएकोमा जोड दिएका थिए । तर, महिना दिन नबित्दै उनको कथनविपरीतका कूटनीतिक व्यवहार देखिन थालेको...

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर आज संयुक्त अपिल गर्ने भएका छन् । पार्टी एकताका लागि तय गरिएको आजको मिति टरेपछि संयुक्त अपिलमार्फत कार्यकर्तालाई आश्वस्त पार्ने तयारी गरेका छन् । पार्टी एकता संयोजन समितिले आइतबार दिउँसो आयोजना गरेको कार्यक्रममा ओली र दाहालले सम्बोधन गर्नेछन् । बिहीबारदेखि शनिबारसम्म लगातार लामो छलफमा बसेका दुवै नेता अहिलेसम्म टुंगोमा नपुगेको स्रोतले जानकारी दिएको छ...

काठमाडौं । लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमको ब्यानरमा लेनिनकै तस्बिर नभएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरेका छन् । राष्ट्रिय सभामा आइतबार आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती कार्यक्रम सुरु हुनुअघि नै कार्यकर्ताले हुटिङ गरिरहेका छन् । विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औैंँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औंँ स्थापना दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको ब्यानरमा केपी ओली, प्रचण्ड, पुष्पलाल, मदन...

काठमाडौं । एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्न र जनयुद्धबारे महाधिवेशनमा टुंगो लगाउन माओवादी केन्द्र सहमत भएको छ । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालय बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्रका नेता दिनानाथ शर्माले जानकारी दिए । “बैठकमा पार्टी अध्यक्ष प्रचण्डले यो बीचमा एमालेसँग भएका कुराहरुबारे ब्रिफिङ गर्नुभएको थियो । जनयुद्धले नै नेपालमा धेरै ठूलो परिवर्तन भएको हो । जनयुद्ध शब्दलाई हटाउन सकिँदैन ।...

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट शासन दुई दिनको घामछाँया भएको टिप्पणी गरेका छन् । पूर्वी चितवनको रत्ननगरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिस्ट शासन जनतालाई झुक्याउने खेलमात्र भएकाले लामो समय नटिक्ने दाबी गरे । “कम्युनिस्ट शासन दुई दिनको घामछाँया हो, यो लामो समय टिक्दैन”, उनले भने । छलकपट गरेर जबरजस्ती कम्युनिस्ट शासन लाद्न खोजिएको भन्दै नेता पौडेलले वर्तमान...

काठमाडौँ, ८ वैशाख- कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद् नेपालको भक्तपुरमा ‘युवाका मुद्दा, युवा लक्षित कार्यक्रम तथा युवा विकासका लागि सञ्चारक्षेत्रको भूमिका सम्बन्ध’ विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमको शनिबार यहाँ समापन गदै उनले युवाबिना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने विचार व्यक्त गरे । सरकार युवा श्रमलाई स्वदेशमा नै खर्च गर्ने तर्फ लागिरहेको भन्दै उनले युवाको पसिनाबाट नै मुलुक बन्ने बताए । कार्यक्रममा...