निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ,  सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति दिइएका दुईजनालाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले आज राष्ट्रिय दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, कर्जा सुरक्षण कोषका कार्यकारी निर्देशक विष्णुबाबु मिश्रले दायर गर्नुभएको रिट निवेदनको सुनुवाइपछि सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अदालतले राष्ट्रिय दूरसञ्चार प्राधिकरणका अध्यक्ष झालाई छलफलका लागि आगामी साउन ३ गते बोलाएको...

नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार

काठमाडौँ,  अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा आएको बाढी तथा पहिरो पीडितहरूको जनधनको क्षतिको न्युनीकरण गर्न उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरी नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । उद्धारका क्रममा आज विष्णुदल गण, धुलिखेलबाट खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२, पुलबजारमा डुबानमा फसेका चारजनाको उद्धार गरेको तथा उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्टसहित नेपाली सेनाको हेलिकोप्टरद्वारा नमोबुद्ध नगरपालिका–६, रोशी खोलाको बीच ढुङ्गामा फसेका दुईजनाको उद्धार गरिएको नेपाली...

तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे

काठमाडौँ,  भूकम्पपछिको पुनःनिर्र्माणअन्तर्गत निजी घर निर्माण अन्तिम चरणमा पु¥याएर तेस्रो किस्ता लिने लाभग्राहीको संख्या दुई लाख नाघेको छ । घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पु¥याएका दुईलाख आठ हजार ४३ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । यद्यपि, तेस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या दुई लाख ३४ हजार ९४२ पुगिसकेको छ । उनीहरु निजी आवास अनुदानको तेस्रो किस्तावापतको रु एकलाख लिनका लागि...

बाढीले भक्तपुर र मध्यपुर डुबानमा,स्थानियवासी घरबाट वाहिर निस्कन पाएनन

भक्तपुर, २८ असार गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् । राधेराधे र...

श्रमिकको न्यूनतम पारिश्रमिक रु १३ हजार निर्धारण

काठमाडौँ, २५ असार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० निर्धारण गरेको छ । रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलबाट सम्पूर्ण रोजगार प्रदायक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक निर्धारण गरिएको हो । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्णराज विष्टले भन्नुभयो, “विगतका समयमा बढाइएको पारिश्रमिकको दरभन्दा यो बढी हो, यसलाई हामीले अहिलेसम्मकै उच्चतम वृद्धिदरका रुपमा लिन सक्छौंँ ।” कुनै पनि कम्पनीले...

धादिङमा बस र ट्रक ठोक्किँदा २७ घाइते

धादिङ — शनिबार बिहान गजुरी-६ जहरेस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा चालक सहित २७ जना घाइते भएका छन्।झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख १९२६ नम्बरको साप्ताहिक ट्राभल्सको बस र मुग्लिनतर्फ तर्फ जाँदै गरेको ना ७ ख २९ नम्बरको ट्रक शनिबार बिहान आपसमा ठोक्किएका हुन् ।घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाका अनुसार बस ठक्कर खाए पछि घाईतेहरुको उद्धारका क्रममा बस...

काँग्रेस कार्यकर्तालाई निराश नहुन आग्रह

चितवन । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै राजनीतिक उपलब्धि काँग्रेसले युद्ध जितेर हासिल गरेको तर अहिलेको निर्वाचनको लडाइँ मात्रै हारेकाले कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन् । काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको संगठन सुदृढीकरण तथा पुनःजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दै गर्दा अनेकौंँ लडाइँ हारेको तर युद्ध जितेको बताए । उनले भने, “अब पाँच वर्ष काँग्रेस सरकारमा नरहँदा कुनै कार्यकर्ताको हरिबिजोक...

महिला नेतृत्वमा रहेका काठमाडौंका सामुदायिक विद्यालय अब्बल

काठमाडौं । महिलाहरु सबै क्षेत्रमा अगाडि आउनुपर्छ भन्ने मुद्दा निकै पुरानो हो । त्यसमाथि अहिलेको संविधानले हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गरिदिएको छ । तथापि, अझै पनि नेतृत्व तहमा महिला ‘सपनाप्रायः’ छ । महिला नेतृत्व तहमा पुगेका काठमाडौंका सामुदायिक विद्यालयहरु अब्बल देखिएका छन् । ३० र ४० को दशकतिर नै महिला प्रधानाध्यापकहरुले विद्यालयको जिम्मेवारी बहन गरिसकेका थिए ।  तर, उनीहरु कन्यामात्रै पढ्ने विद्यालयको प्रधानाध्यापक थिए । त्यसमा भने अहिले केही फेरबदल...

‘पुष्पलाल, मदन र मनमोहनको तस्बिर फ्याँक्नु केटाकेटीपन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ९ गते सभागृहको हलमा लेनिनको तस्बिर नराखिएकोमा हुलदङ्गा हुनुलाई ‘केटाकेटीपन’को संज्ञा दिएका छन् । उनले कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठ, जनताको बहदलीय जनवादका प्रणेता मदन भण्डारी र नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको महत्त्व नबुझेको जिकिर गरे । बिहीबार राजधानीमा आयोजित मनमोहन अधिकारीको १९ औं स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धि र स्थायित्व दिन एमाले र माओवादी केन्द्रबीचको निकट भविष्यमा हुने...

दोधारमा प्रधानमन्त्री ओली : चीन जाने कि भारतीय समकक्षीलाई स्वागत गर्ने ?नाकाबन्दीपछि भारतीय प्रधानमन्त्री मोदीले वैशाखको अन्तिम साता नेपालको पहिलो भ्रमण गर्ने

संविधान सभाको ठूलो बहुमतले पारित गरेको नेपालको संविधान, २०७२ प्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको अन्तिमतिर नेपालमा भ्रमणमा आउने भएका छन् । चैत तेस्रो साता भारतको तीनदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली रहँदा प्रधानमन्त्री केपी ओलीले सबैजसो औपचारिक र अनौपचारिक कार्यक्रममा भूगोलले सानोठूलो भए पनि नेपाल र भारतको हैसियता एउटै भएकोमा जोड दिएका थिए । तर, महिना दिन नबित्दै उनको कथनविपरीतका कूटनीतिक व्यवहार देखिन थालेको...