लगातारको वर्षाले धारापानीको १४ घरधुरी जोखिममा

विदुर÷ लगातार वर्षा हुँदा विदुर नगरपालिका वडा नं २ को धारापानीमा कस्दै आएका १४ घर जोखिममा परेका छन । लगातारकोे वर्षाले कारण घरभन्दा मुनि रहेको बारीहरु पहिरोले बगाई १४ घरधुरी पुर्ण रुपमा जोखिमपुर्ण अवस्थामा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । जोखिमा परेकाहरुमा धरापानीका राम कुमार कसाई, कुसु राम कसाई,कान्छा कसाई,राम जि कसाई, रामशरण कसाई, कृष्णा कसाई रहेका छन । त्यस्तै अन्यमा नरायण कसाई ,सम्भु कसई,गोपाल कसाई, रामहरी खडकि,सतुमान...

खाल्डोमा डुबेर विदुर नगरपालिकामा बालकको मृत्यु

विदुर÷नुवाकोटको विदुर नगरपालिका वडा नं ५ मा एक वालकको खाल्डामा डुबेर र्मत्यस भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका ५ का २ वर्षीय रंजित तिमिल्सना रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख वसन्त कुवरले बताउनुभयो । तिमिल्सिनाको घर नजिकै खाल्टोमा जमेको पानीमा खेल्ने डुबी घाइते भइ उपचारको लागी जिल्ला अस्पताल त्रिशुली ल्याउदै गर्दा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । यसैबीच जिल्ला प्रहरी कार्यलय नुवाकोटले...

राष्ट्रिय गौरवको आयोजनामा मुआव्जा वितरणको तयारी

राष्टिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी सडक आयोजनाले बेलकोटगढी नगरपालिका क्षेत्रमा जग्गा पर्ने जग्गाधनीलाई मुआव्जा वितरण सुरु गरेको छ । आयोजनाले बेलकोटगढी नगरपालिका वडा नं. ५,७, ८ र ९ नं. वडामा जग्गा पर्ने जग्गाधनीहरुलाई पहिलो चरण अन्र्तगत जग्गाधनीहरुलाई मुआव्जा वितरण गर्न लागेको सडक आयोजनाले जनाएको छ । यस क्षेत्रका७ सय जनाको निवेदन दर्ता भएको आयोजनाले जनाएको छ ।सडक आयोजना विस्तारको लागि जग्गाधनीहरुलाइ वितरणको लागि यस वर्ष २५ करोड रुपैया...

मदन भण्डारी राजमार्ग अवरुद्ध

हेटौँडा, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहान परेको वर्षात्ले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ आज बिहानदेखि अवरुद्ध भएको छ । काठमाडाँैबाट आएका हल्का सवारी सुमो, जीप, कार र मोटरसाइकल पहिरो नजीक अलपत्र अवस्थामा रोकिनुपर्दा यात्रुलाई गन्तव्यमा पुग्न निकै कठिनाइ भएको छ । दुई सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२...

इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने,नत्र कारवाही हुने

बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ । नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ । जिल्लामा अधिकांश इ–रिक्सा दर्ता नभएरै सञ्चालनमा छन् । केही महिनाअघि पनि इ–रिक्सा अनिवार्य दर्ता गर्नुपर्ने निर्णय गरिएकामा त्यसको कार्यान्वयन हुन सकेको थिएन । यातायात व्यवस्था समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकको सहमतिपछि समितिले...