प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार

कार्यक्रम पुरै कांग्रेसमय विदुर÷ नुवाकोटलाई आज खुल्ला दिसामुत्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा खल्ला दिसामुत्त घोषणा कार्यक्रम भइरहँदा भने कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वहिस्कार गरेको छ । जसले गर्दा आज विदुरमा भएको खुल्ला दिसामुत्त कार्यक्रममा देखिएको दृश्यले कार्यक्रम नेपाली कांग्रेसको निजि कार्यक्रमजस्तो देखिएको थियो । प्रमुख अतिथिको विषयलाई लिएर जिल्लामा रहेका नेपाली कांग्रेस र नेकपाको कुरा मिल्न नसकेपछि जिल्ला समन्वय समितिले एकर्लौटी निर्णय गरेको भन्दै नेकपा र उसबाट...

रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक

रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक परेको छ । उहाँका ६९ वर्षीय पिता समाजसेवी हरिबहादुर गलानको मंगलबार मृत्यु भएका कारण पितृशोक परेको आफन्तजनले बताएका छन् । दमलगायत विविध रोगका कारण रसुवाको कालिका गाउँपालिका वडा नं २ धैबुङकोटस्थित घरमै उहाँको निधन भएको उहाँकी बुहारी दावामेन्दु तामाङले बताउनुभयो । उहाँका एक श्रीमती र दुई छोरा हुनुहुन्छ । ...

नुवाकोट आजबाट खुल्ला दिसामुत्त, जिल्लाका सबैघरमा शौचालय निर्माण

नुवाकोट / ऐतिहासिक धरोहर नुवाकोटको पहिचान, खुला दिशामुक्त समाज हाम्रो अभियान भन्ने नाराको साथ नुवाकोट जिल्लालाई आजदखि खुला दिशामुक्त क्षेत्र जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेको २ नगरपालिका र १० गाउपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेसँगै आज पूरै जिल्लालाई नै खुला दिशामुक्त जिल्ला घोषणा गरी नुवाकोटलाई मुलुकको ५८ औँ खुला दिशामुक्त जिल्ला घोषणा गर्न सफल भएको हो । खुला दिशामुक्त जिलला घोषणा गर्नु अघि जिल्लामा रहेका स्थानीय तहमा शौचालयको अबस्थाबारे...

गल्छी त्रिशुली सडक आयोजनाको मुअव्जा लागि निवेदन दिदै प्रभावितहरु

नुवाकोट, राष्ट्रिय गौरवको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा वितरण शुरु भएको छ । अन्तर्राष्ट्रिय राजमार्गको परिकल्पनासहित विस्तार भइरहेको गल्छी–स्याफ्रुबेँसी सडकको स्तरोन्नति गर्न सडक आसपासका दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने जग्गा अधिग्रहण गर्न मूल्य निर्धारण भएअनुसार रकम उपलब्ध गराउन थालिएको सडक योजना कार्यालयका लेखा अधिकृत लीलाधर अर्यालले जानकारी दिनुभयो । जिल्लाका साविक दुईपीपल, रातमाटे र जिलिङ गाविसका जग्गाधनीलाई चालू आर्थिक वर्षमा रु २५ करोड उपलब्ध गराइने छ । उहाँका अनुसार...

नुवाकोटमा विद्युत आपूर्ति ठप्प, स्थानीयकाे दैनिकी असहज

नुवाकोट– त्रिशुली जलविद्युत् केन्द्रको उत्पादन गृहमा मंगलबार आगलागी भएपछि यस क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको छ। नुवाकोटमा विद्युत आपूर्ति ठप्प हुँदा यहाँका उद्योगधन्दा, कलकारखाना, संचारमाध्यमहरु बन्द हुनुका साथै अन्य क्षेत्रमासमेत असहज स्थिती पेदा भएको छ। मंगलबार जलविद्युत् गृहबाट उत्पादन भएको विद्युतलाई टान्सफर्मरसम्म पुर्‍याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबाकमा आगलागी भएको हो। आगलागीबाट बसबाकमा पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ। क्षतिको विवरण प्राप्त हुन...

साना उघमीहरुलाई प्रविधि हस्तान्तरण

विदुर÷घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटले चालु आर्थिक वर्ष २०७४÷७५ को वार्षिक कार्यक्रम अन्र्तगत घरेलु तथा साना उघमीहरुलाई उपयुत्त प्रविधि हस्तान्तरण गरेको छ । कार्यलयले आज एक कार्यक्रमको आयोजना गरि कृषि उधमीहरुलाई उपयुत्त कृषि उपकरण,लजिष्टिक सर्पाैट तथा लेबलिङ प्याकेजिङजस्ता उपकरण हस्तातरण गरेको हो । कार्यलयले गरिवी निवारणका लागि उपयुत्त सामाग्री वितरण गरेको लघु उधम विकास कार्यक्रमतर्फ घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका प्रमुख विजय कुमार भट्टराईले बताउनुभयो ।...

गच्छेदारले कांग्रेसबाट विद्रोह गर्ने, कांग्रेसमाथि अर्काे संकट

सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । डा. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ । सरकार प्रति आक्रोशित बन्दै गएको नेपाली काँग्रेसले सडक देखि संसद सम्म आवाज उठाउने प्रयास गरेको छ । जनहितको विपक्षमा भएको निर्णय भन्दै काँग्रेस संसदमा एकतावद्ध रुपले प्रस्तुत भएपनि सडक आन्लोदन भने प्रभावकारी...

सावधान पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध

चितवन, २६ असार  नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ । त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन् । यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो आज बिहान १ः३० बजे पन्छाएर एकतर्फी...

रसुवामा दुई युवक पक्राउ

रसुवा, ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पु¥याएको आरोपमा दुई युवालाई रसुवा प्रहरीले आज पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । . जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला, पोखरा लेखनाथ नगरपालिका–२६ बस्ने २४ वर्षीय सुरज दर्जी र कास्की जिल्ला पोखरा महानगरपालिका–६ धादिङ गाउँ बस्ने २४ वर्षीय समर परियार छन् । उनीहरुलाई चिनियाँ प्रहरीको समन्वयमा रसुवागढीबाट पक्राउ गरी दुवैलाई मानव बेचबिखन तथा ओसारपोसार र जबर्जस्ती करणीअन्तर्गत...

भुकम्पले ध्वस्त पारेको पृथ्वी माविको भवन शिलान्याश

विदुर / भुकम्पले धवस्त भएको विदुर नगरपालिकमा वडा नं ४ मा रहेको पृथ्वी माध्यामिक विद्यालयको भवनको शिलान्याश गरिएको छ । विं स २०७२ सालमा आएको महाभुकम्पले ध्वस्त भएको विद्यालयको करिव तीनवर्षपछि भवनको आज प्रदेश नं ३ का सांसद हिरानाथ खतिवडाले एक कार्यक्रम गरि शिलान्याश गर्नुभएको हो । शिक्षा विकास तथा समन्वय एकाई कार्यलयको अनुदानमा ५९ लाख रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको विद्यालयका प्रध्यानाअध्यापक वावुराम लामिछानेले बताउनुभयो । जसमा विद्यालयको...