प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार

कार्यक्रम पुरै कांग्रेसमय विदुर÷ नुवाकोटलाई आज खुल्ला दिसामुत्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा खल्ला दिसामुत्त घोषणा कार्यक्रम भइरहँदा भने कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वहिस्कार गरेको छ । जसले गर्दा आज विदुरमा भएको खुल्ला दिसामुत्त कार्यक्रममा देखिएको दृश्यले कार्यक्रम नेपाली कांग्रेसको निजि कार्यक्रमजस्तो देखिएको थियो । प्रमुख अतिथिको विषयलाई लिएर जिल्लामा रहेका नेपाली कांग्रेस र नेकपाको कुरा मिल्न नसकेपछि जिल्ला समन्वय समितिले एकर्लौटी निर्णय गरेको भन्दै नेकपा र उसबाट...

रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक

रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक परेको छ । उहाँका ६९ वर्षीय पिता समाजसेवी हरिबहादुर गलानको मंगलबार मृत्यु भएका कारण पितृशोक परेको आफन्तजनले बताएका छन् । दमलगायत विविध रोगका कारण रसुवाको कालिका गाउँपालिका वडा नं २ धैबुङकोटस्थित घरमै उहाँको निधन भएको उहाँकी बुहारी दावामेन्दु तामाङले बताउनुभयो । उहाँका एक श्रीमती र दुई छोरा हुनुहुन्छ । ...

दोहोरो अंकले घट्यो शेयर बजार

मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । नीतिले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था गरेको थियो । शेयर बजार १३.६६ बिन्दुले घटेर एक हजार १९१.९८ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’...

काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त

नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै जीवन गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली र उहाँहरुका परिवारजनहरुमा समवेदना प्रकट गरेको छ । साथै, प्रभावित क्षेत्रमा राहत सामग्री लगायत अवरुद्ध सेवा सुविधाहरु यथाशीघ्र सुचारु गर्ने÷गराउने व्यवस्थाका लागि सरकार लगायत सम्वद्ध...

निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ,  सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति दिइएका दुईजनालाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले आज राष्ट्रिय दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, कर्जा सुरक्षण कोषका कार्यकारी निर्देशक विष्णुबाबु मिश्रले दायर गर्नुभएको रिट निवेदनको सुनुवाइपछि सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अदालतले राष्ट्रिय दूरसञ्चार प्राधिकरणका अध्यक्ष झालाई छलफलका लागि आगामी साउन ३ गते बोलाएको...

नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार

काठमाडौँ,  अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा आएको बाढी तथा पहिरो पीडितहरूको जनधनको क्षतिको न्युनीकरण गर्न उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरी नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । उद्धारका क्रममा आज विष्णुदल गण, धुलिखेलबाट खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२, पुलबजारमा डुबानमा फसेका चारजनाको उद्धार गरेको तथा उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्टसहित नेपाली सेनाको हेलिकोप्टरद्वारा नमोबुद्ध नगरपालिका–६, रोशी खोलाको बीच ढुङ्गामा फसेका दुईजनाको उद्धार गरिएको नेपाली...

तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे

काठमाडौँ,  भूकम्पपछिको पुनःनिर्र्माणअन्तर्गत निजी घर निर्माण अन्तिम चरणमा पु¥याएर तेस्रो किस्ता लिने लाभग्राहीको संख्या दुई लाख नाघेको छ । घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पु¥याएका दुईलाख आठ हजार ४३ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । यद्यपि, तेस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या दुई लाख ३४ हजार ९४२ पुगिसकेको छ । उनीहरु निजी आवास अनुदानको तेस्रो किस्तावापतको रु एकलाख लिनका लागि...

लगातारको वर्षाले धारापानीको १४ घरधुरी जोखिममा

विदुर÷ लगातार वर्षा हुँदा विदुर नगरपालिका वडा नं २ को धारापानीमा कस्दै आएका १४ घर जोखिममा परेका छन । लगातारकोे वर्षाले कारण घरभन्दा मुनि रहेको बारीहरु पहिरोले बगाई १४ घरधुरी पुर्ण रुपमा जोखिमपुर्ण अवस्थामा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । जोखिमा परेकाहरुमा धरापानीका राम कुमार कसाई, कुसु राम कसाई,कान्छा कसाई,राम जि कसाई, रामशरण कसाई, कृष्णा कसाई रहेका छन । त्यस्तै अन्यमा नरायण कसाई ,सम्भु कसई,गोपाल कसाई, रामहरी खडकि,सतुमान...

खाल्डोमा डुबेर विदुर नगरपालिकामा बालकको मृत्यु

विदुर÷नुवाकोटको विदुर नगरपालिका वडा नं ५ मा एक वालकको खाल्डामा डुबेर र्मत्यस भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका ५ का २ वर्षीय रंजित तिमिल्सना रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख वसन्त कुवरले बताउनुभयो । तिमिल्सिनाको घर नजिकै खाल्टोमा जमेको पानीमा खेल्ने डुबी घाइते भइ उपचारको लागी जिल्ला अस्पताल त्रिशुली ल्याउदै गर्दा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । यसैबीच जिल्ला प्रहरी कार्यलय नुवाकोटले...

नुवाकोट आजबाट खुल्ला दिसामुत्त, जिल्लाका सबैघरमा शौचालय निर्माण

नुवाकोट / ऐतिहासिक धरोहर नुवाकोटको पहिचान, खुला दिशामुक्त समाज हाम्रो अभियान भन्ने नाराको साथ नुवाकोट जिल्लालाई आजदखि खुला दिशामुक्त क्षेत्र जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेको २ नगरपालिका र १० गाउपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेसँगै आज पूरै जिल्लालाई नै खुला दिशामुक्त जिल्ला घोषणा गरी नुवाकोटलाई मुलुकको ५८ औँ खुला दिशामुक्त जिल्ला घोषणा गर्न सफल भएको हो । खुला दिशामुक्त जिलला घोषणा गर्नु अघि जिल्लामा रहेका स्थानीय तहमा शौचालयको अबस्थाबारे...