सरकारी अस्पतालमा पूर्वाधार कमी, शल्यक्रियाका लागि एक वर्षसम्म कुर्नुपर्ने

काठमाडौं । धादिङका हरिकरण शाहका ७ वर्षिय छोरालाई हर्नियाको समस्या भएपछि शल्यक्रिया गर्ने दक्ष चिकित्सक नभएको भन्दै जिल्ला अस्पतालले काठमाडौंको कान्ति बाल अस्पतालमा रिफर गरिदियो । हरिकरण छोराको उपचार गर्न गत कात्तिकमा काठमाडौं आए । तर छोराको शल्यक्रिया गर्नका लागि ८ महिनापछि मात्र पालो आउने चिकित्सकले बताए । “निजी अस्पतालमा जान पैसा छैन, सरकारी अस्पतालले ८ महिनापछि मात्र शल्यक्रियाका लागि पालो आउँछ भन्छ,” उनले भने, “जिल्ला जाने आउने गर्दा अहिलेसम्म...