डा केसीलाई ‘रेस्क्यु’ गर्न जान लागेको हेलिकोप्टर रोकियो

काठमाडौं– डा गोविन्द केसीलाई ‘रेस्क्यु’ गर्न जुम्ला जान खोजेको हेलिकोप्टर रोकिएको छ । वर्तमान सरकारकी क्याबिनेट डाक्टर मिर्गौला रोग विशेषज्ञ दिव्या सिंह र नेपाल मेडिकल एशोसियसन(एनएमए)का प्रतिनिधी हेलिकोप्टर लिएर रेस्क्युका लागि जुम्ला जाने तय भएको थियो । तर, एनएमएले प्रतिनिधी नपठाएपछि हेलिकोप्टर रोकिएको हो। डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि काठमाडौं ल्याएर उपचार गर्दै बार्ताका लागि समेत पहल गर्ने योजना बनाइएको थियो । डा केसीलाई रेस्क्यु गर्न नेपाली सेनाको...

सावधान पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध

चितवन, २६ असार  नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ । त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन् । यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो आज बिहान १ः३० बजे पन्छाएर एकतर्फी...

नुवाकोटमा नौहजार प्रतिष्ठानमा बत्तीस हजार जनशक्ति

विदुर÷राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको नुवाकोटको आर्थिक गणनाको स्थलगत अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ । आज विदुरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यहाँका १२ वटा स्थानीय तहअनुसार व्यावसायिक प्रतिष्ठान (आर्थिक एकाइ) को संख्या आठ हजार ८०९ रहेको उल्लेख छ । ती प्रतिष्ठानमा महिलाको संख्या १३ हजार १९२ जना र पुरुष १८ हजार ८९० जना गरी ३२ हजार ८२ जना जनशक्ति आबद्ध...

दुवै दल आ–आफ्नै अडानमा, सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई

काठमाडौँ । १२ दिनपछि बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषय सुल्झाउन नसकेपछि एकताको जिम्मा दुई अध्यक्षको काँधमा आएको छ । मंगलबार तीन घन्टा बसेको बैठकले विवादित विषय किनारा लगाउन नसकेपछि कार्यदलले सुझाएको वैशाख ९ को एकताको तिथि लगभग टरेको संकेत दुवै पार्टीका नेताहरूले दिएका छन् । एमाले महासचिव ईश्वर पोखरेलले ‘फाइनल टच दिन बाँकी रहेकाले’ ९ गते नै एकता गर्न असम्भव देखिएको बताए । “भोलिदेखि नै नेताहरू सरकारले...

काठमाडौं मन्त्रीको घरमा चोरी , कसरी रहन्छ न त नेपाली जनता सुरक्षित

२४ चैत, काठमाडौं । काठमाडौंको महांकालस्थित एक मन्त्रीको घरमा शुक्रबार दिउँसै चोरी भएको छ । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको हो । स्थापितकी श्रीमतीले चार–पाँच तोला सुन चोरी भएको भन्दै बौद्ध प्रहरीमा उजुरी गरेकी छन् । ‘घरको पछाडितिरको ढोका फोरेर चोर भित्र पसेको देखिन्छ,’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युतम पुडासैनीले अनलाइनखबरसँग भने, ‘योजनाबद्ध तरिकाले चोरी भएको जस्तो देखिँदैन । हेर्दा सामान्य देखिन्छ ।’ उनले घटनाको...

सरकारले धुर्मुसलाई भन्योः मुलपानी रंगशाला आफैं बनाउँछौं, पोखरा जानुस्

२३ चैत, काठमाडौं । सरकारले मुलपानी क्रिकेट मैदान आफैं बनाउने बताएको छ र धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको छ । कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रपोजल पनि बुझाएका छन् । औपचारिक निर्णय नभएपनि मुलपानी वा चितवनमा रंगशाला बनाउने सकिने देखिएको छ । तर, युवा तथा खेलकुद मन्त्रालयले मुलपानीको रंगशाला आफैं बनाउने बताएको छ...