सरकारी अस्पतालमा पूर्वाधार कमी, शल्यक्रियाका लागि एक वर्षसम्म कुर्नुपर्ने

काठमाडौं । धादिङका हरिकरण शाहका ७ वर्षिय छोरालाई हर्नियाको समस्या भएपछि शल्यक्रिया गर्ने दक्ष चिकित्सक नभएको भन्दै जिल्ला अस्पतालले काठमाडौंको कान्ति बाल अस्पतालमा रिफर गरिदियो । हरिकरण छोराको उपचार गर्न गत कात्तिकमा काठमाडौं आए । तर छोराको शल्यक्रिया गर्नका लागि ८ महिनापछि मात्र पालो आउने चिकित्सकले बताए । “निजी अस्पतालमा जान पैसा छैन, सरकारी अस्पतालले ८ महिनापछि मात्र शल्यक्रियाका लागि पालो आउँछ भन्छ,” उनले भने, “जिल्ला जाने आउने गर्दा अहिलेसम्म...

दुवै दल आ–आफ्नै अडानमा, सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई

काठमाडौँ । १२ दिनपछि बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषय सुल्झाउन नसकेपछि एकताको जिम्मा दुई अध्यक्षको काँधमा आएको छ । मंगलबार तीन घन्टा बसेको बैठकले विवादित विषय किनारा लगाउन नसकेपछि कार्यदलले सुझाएको वैशाख ९ को एकताको तिथि लगभग टरेको संकेत दुवै पार्टीका नेताहरूले दिएका छन् । एमाले महासचिव ईश्वर पोखरेलले ‘फाइनल टच दिन बाँकी रहेकाले’ ९ गते नै एकता गर्न असम्भव देखिएको बताए । “भोलिदेखि नै नेताहरू सरकारले...

काठमाडौं मन्त्रीको घरमा चोरी , कसरी रहन्छ न त नेपाली जनता सुरक्षित

२४ चैत, काठमाडौं । काठमाडौंको महांकालस्थित एक मन्त्रीको घरमा शुक्रबार दिउँसै चोरी भएको छ । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको हो । स्थापितकी श्रीमतीले चार–पाँच तोला सुन चोरी भएको भन्दै बौद्ध प्रहरीमा उजुरी गरेकी छन् । ‘घरको पछाडितिरको ढोका फोरेर चोर भित्र पसेको देखिन्छ,’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युतम पुडासैनीले अनलाइनखबरसँग भने, ‘योजनाबद्ध तरिकाले चोरी भएको जस्तो देखिँदैन । हेर्दा सामान्य देखिन्छ ।’ उनले घटनाको...

सरकारले धुर्मुसलाई भन्योः मुलपानी रंगशाला आफैं बनाउँछौं, पोखरा जानुस्

२३ चैत, काठमाडौं । सरकारले मुलपानी क्रिकेट मैदान आफैं बनाउने बताएको छ र धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको छ । कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रपोजल पनि बुझाएका छन् । औपचारिक निर्णय नभएपनि मुलपानी वा चितवनमा रंगशाला बनाउने सकिने देखिएको छ । तर, युवा तथा खेलकुद मन्त्रालयले मुलपानीको रंगशाला आफैं बनाउने बताएको छ...