Page 6

कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट

काँक्रेविहार (सुर्खेत), १२ चैत : कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन क्षमता रहेको प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) गोपाल शर्माका अनुसार प्रदेशभित्रका विभिन्न नदीमा गरिएको सर्वेक्षणबाट यो तथ्य फेला परेको हो ।

उत्पादन क्षमता धेरै भए पनि कर्णाली प्रदेशबाट राष्ट्रिय प्रशारण ग्रिडमा ८ दशमलव २५ मेगावाट मात्र जोडिएको छ । हाल १० मेगावाट जलविद्युत् आयोजना कर्णालीमा उत्पादन भइसकेको छ । कर्णालीका १० जिल्लाका ५७ प्रतिशत स्थानीयले मात्र विद्युत् सेवा उपभोग गर्न पाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका सबै घरधुरीमा र कृषि, उद्योग जस्ता सेवा क्षेत्रमा विद्युत्को माग पूर्ति गर्न प्रदेशभित्र निर्माणाधीन साना, ठूला जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिनुपर्ने मन्त्रालयका सिडिई शर्माले बताउनुभयो ।

सम्भाव्यता अध्ययनका लागि लाइसेन्स पाएका १९ जलविद्युत् आयोजना कर्णालीमा छन् । भेरी नदी जलविद्युत् आयोजना एक सय ४० मेगावाट सहरतारा डोल्पा, माथिल्लो भेरी जलविद्युत् आयोजना तीन सय १५ मेगावाट त्रिपुराकोट डोल्पा, ५७ मेगावाटको मुगु खोला जलविद्युत आयोजना मुगु, सात दशमलव १ मेगावाट ताक्सुगाड जलविद्युत् आयोजना नलगाड जाजरकोट रहेका छन् ।

त्यसैगरी अपर रुरु बन्छुखोला जलविद्युत् आयोजना १९ दशमलव ६ मेगावाट चिलखाया कालीकोट, ७० मेगावाटको चुवाखोला जलविद्युत् आयोजना बरुगङ्गा हुम्ला, एक सय ३५ मेगावाटको नाम्ला खोला जलविद्युत् आयोजना मुगु, तीन सय ६ मेगावाटको अपर मुगु कर्णाली जलविद्युत् आयोजनाले समेत सम्भाव्यता अध्ययनका लागि लाइसेन्स लिएका छन् ।

सम्भाव्यता अध्ययनकै लाइसेन्स प्राप्त गरेका अन्य जलविद्युत आयोजनाहरु ८२ दशमलव ३ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना–ए, चार दशमलव ७८ मेगावाटको सिस्नेखोला जलविद्युत् आयोजना रुकुम पश्चिम, ३० दशमलव २ मेगावाट रतमाखोला जलविद्युत् आयोजना रुकुम, ३० मेगावाटको सानीभेरी–३ मुसिकोट जलविद्युत् आयोजना, छ दशमलव ३ मेगावाट अपर टाक्सुजलविद्युत् आयोजना जाजरकोट, एक सय ५२ मेगावाटको मुछुलिमी हुम्ला, ४० मेगावाटको पेल्माखोला जलविद्युत् आयोजना रुकुम, ६० मेगावाटको अपरसानीभेरी जलविद्युत् आयोजना रुकुम, जिल्ली चुमाइ जलविद्युत आयोजना एक सय मेगावाट कालीकोट र तीन दशमलव ५ मेगावाटको फेदीखोला जलविद्युत् आयोजना डोल्पा छन् ।

हाल कर्णालीमा निर्माणाधीन जलविद्युत् आयोजनाको सङ्ख्या २१ वटा रहेको विद्युत् विकास विभागले जनाएको छ । ती जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी साविकको कर्णालीमा छन् । सबैभन्दा कम सुर्खेतमा छ । सुर्खेतमा ३३ केभी प्रशारण लाइन विद्युत्को राष्ट्रिय प्रशारणमा जोडिसकेको छ भने एक सय ३२ केभी प्रशारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ । हाल सुर्खेतसम्म मात्र निर्माण हुने एक सय ३२ केभी प्रशारण लाइन अन्य जिल्लामा पनि विस्तार गर्नुपर्ने माग छ ।

निर्माणाधीन जलविद्युत आयोजनाहरुमा तीन दशमलव ७५ मेगावाटको दवारीखोला जलविद्युत् आयोजना, चार दशमलव ५ मेगावाटको पदमखोला जलविद्यत् आयोजना, ४६ दशमवलव ८ मेगावाटको भेरी बबई डाइभर्सन जलविद्युत् बहुउद्देश्य आयोजना, चार सय १७ मेगावाटको नलगाड जलविद्युत् आयोजना, एक सय ६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना र चार सय २६ मेगावाटको फुर्कोट कर्णाली जलविद्युत् आयोजना रहेका छन् ।

त्यसैगरी बेपन कर्णाली सञ्चयकत्र्ता जलविद्युत् आयोजना चार सय ३९ मेगावाट, माथिल्लो कर्णाली जलविद्युत् आयोजना नौ सय मेगावाट, मुुगु कर्णाली जलविद्युुत् आयोजना एक हजार नौ सय २ मेगावाट, तिला–१ जलविद्युुत् आयोजना चार सय ४० मेगावाट, तिला–२ जलविद्युुुुुुत आयोजना चार सय २० मेगावाट, भेरी–१ जलविद्युुु्ुुत आयोजना दुई सय ७० मेगावाट जाजरकोट, हुम्ला कर्णाली–१ जलविद्युत् आयोजना दुई सय ३५ मेगावाट निर्माणाधीन अवस्थामा छन् ।

हुम्ला कर्णाली–२ मेगावाट जलविद्युत् आयोजना तीन सय ४५ मेगावाट, मुगु कर्णाली जलविद्युत् आयोजना एक सय ५९ मेगावाट, सानीभेरी–३ जलविद्युत् आयोजना ४९ मेगावाट, रुरुबच्छुखोला–२ जलविद्युत् आयोजना १२ मेगावाट, अपर लोहरेखोला ४ मेगावाट, सानीभेरी जलविद्युत् आयोजना ४४ मेगावाट, भेरी नदी जलाशय जलविद्युत् आयोजना तीन सय मेगावाट र सुपरचुवाखोला जलविद्युत् आयोजना ९० मेगावाट आयोजना निर्माणधीण अवस्थामा छन् ।

४०० केभी प्रसारण लाइन भेरी करिडोरमा

जाजरकोट नलगाडको दानी पीपलदेखि सुर्खेतको मेहलकुना सम्म चार सय केभी प्रशारण लाइन निर्माण कार्य अघि बढेको छ । सव स्टेशनका लागि जग्गा खरिद भई मुआब्जासमेत वितरण भइसकेको छ । एक सय ५० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुने ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

दानीपिपलमा नलगाड, ताक्सुगाड र जगदुल्ला जलविद्युत आयोजनाको विद्युत् जम्मा गरेर नेशनल ग्रिडमा जडान गर्ने लक्ष्य छ । जाजरकोटका स्थानीय समेत रहनुभएका उर्जामन्त्री बस्नेतले कर्णालीमा रहेका जलविद्युत् आयोजना निर्माण गर्न लगानी जुटाउनुपर्ने चुनौती रहेको बताउनुभयो ।

कर्णालीमा विद्युत् उत्पादन क्षमता धेरै भएकाले सबैको ध्यान अहिले कर्णालीमा रहेको मन्त्री बस्नेतको भनाइ छ । केही समययता सुर्खेतदेखि नेपालगञ्जसम्म विद्युतीय सवारीसाधनको प्रयोग बढेको छ ।

वर्षाले डढेलो नियन्त्रणमा सहज

काठमाडौँ, १२ चैतः केही दिनयता परेको वर्षाले वनमा लागेको डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । वर्षाका कारण मुलुकको पूर्वी क्षेत्रको डढेलो नियन्त्रणमा आएको छ भने अझै पश्चिमका केही क्षेत्रमा नियन्त्रणमा आउन बाँकी छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परे पनि मध्यपश्चिम र सुदुरपश्चिममा वर्षा भएको छैन । जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाका अनुसार सोमबार र मङ्गलबार कोशी, मधेस र बागमती प्रदेशमा हल्का वर्षा हुने तथा बुधबार गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

माहाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण मुलुकको पूर्वी क्षेत्रमा वर्षा भए पनि सुदुरपश्चिम र मध्यपश्चिम क्षेत्रमा वर्षा हुन सकिरहेको छैन । “यो प्रणाली कमजोर बन्दै गएपछिमात्रै मुलुकको पश्चिमी क्षेत्रमा वर्षा हुने छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका वन डढेलोविद् सुन्दर शर्माले वर्षापछि वन डढेलो नियन्त्रणमा सहयोगी भएको बताउनुभयो । “सामेबार दिउँसो जाजरकोटको एक र कालिकोटका एक स्थानमा वनमा डढेलो लागेको देखिन्छ । पहिले कुनै एकै दिनमा आठ सय ५० स्थानमा डढेलो लागेको देखिएको थियो”, उहाँले भन्नुभयो, “वर्षाले गर्दा वन डढेलो नियन्त्रण भएको छ, तर ढुक्क भएर बस्ने भने हुँदैन ।”

वन तथा भू–संरक्षण विभागका उप–महानिर्देशक दीपक ज्ञावालीले पनि केही दिनयता परेको वर्षाका कारण पूर्वी क्षेत्र, बागमती र गण्डकी प्रदेशमा लागेको डढेलो नियन्त्रणमा सहज भएको बताउनुभयो । “वर्षातको कारण डढेलो नियन्त्रणमा आएको छ र थप डढेलो लाग्न पाएको छैन”, उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका अन्य प्रयासहरु भए पनि नियन्त्रणमा आइसकेको छैन । यसका लागि प्रदेश र स्थानीय सरकारको पनि सक्रियता बढ्न जरुरी छ ।”

उहाँका अनुसार सबै स्थानमा वन व्यवस्थापन हुन नसक्दा थप समस्या उत्पन्न भएको छ । “वनबाट काठपात निकालेर वनलाई खुला नराख्दा डढेलो नियन्त्रणमा समस्या उत्पन्न हुन्छ”, उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि हामीले कुन–कुन स्थानमा डढेलो लागिरहेको छ भन्ने सबै जानकारी डिभिजनल वन अधिकृतहरुको इमेलमा पठाउँछौ, यसैका आधारमा तत्काल नियन्त्रणका लागि उहाँहरुले पहलकदमी अगाडि बढाउनुहुन्छ ।”

वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका सचिव धिरेन्द्र प्रधानले वर्षासँगै बागमती प्रदेशमा डढेलोको घटना पनि नियन्त्रण भएको जानकारी दिनुभएको छ । “मुख्यतया फागुन, चैत र वैशाखमा वन डढेलोको घटनाहरु बढ्छ, यसपटक पनि बागमती प्रदेशका केही स्थानमा डढेलो लागेको थियो”, उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेश सरकार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका सचिव मोहन काफ्लेले वर्षाले डढेलो नियन्त्रणमा केही राहत पुगे पनि सतर्कता भने जारी रहनुपर्ने बताउनुभएको छ ।

“वैशाखसम्म वन डढेलो लाग्ने समय हो, यस समयमा कसरी वनलाई डढेलोबाट जोगाउने भन्ने विषयमा व्यापक प्रचारप्रसार गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “तर अझै पनि मानिस नै जानजान या असावधानीका कारण आगलागी भइरहेको छ ।”

उहाँले वन डढेलो नियन्त्रणका लागि केन्द्र, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्ता समूहहरुबीचको समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

सुदुरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन, वन तथा वातावारण मन्त्रालयका सचिव जीवनाथ पौड्लले भौगोलिक बिकटताका कारण वनमा लाग्ने डढेलो नियन्त्रणमा समस्या उत्पन्न भएको बताउनुभयो । “वनमा डढेलो लाग्न नदिन कस्ता गतिविधि अपनाउने भन्ने विषयमा जनचेतना अभिबृद्धि गर्दै आएका छौँ, यति हुँदा हुँदै पनि मानवीय तथा अन्य कारण वनमा आगलागी भइरहेको छ”, उहाँले भन्नुभयो, “आगो लागिसकेपछि सतर्क भइ कसरी निभाउने भन्ने विषयमा पनि तालिम, गोष्ठीहरु सञ्चालन गर्दै आइरहेका छौँ ।”

मुलुकभरको सामुदायिक वनहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) का अध्यक्ष ठाकुर भण्डारीले वर्षाका कारण सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण आएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगो नियन्त्रण कसरी गर्ने भन्ने विषयमा जनचेतना अभिबृद्धि गरिरहेका छौँ, उपभोक्ताहरुले स्थानीय तह र सुरक्षा निकायहरुसँग सहकार्य गरेर काम गरिरहनु भएको छ ।”

मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ । वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । यसप्रकारको कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ ।

वन डढेलो व्यवस्थापन रणनीति २०६७ डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचना निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैर सरकारी निकायहरुका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रीम जानकारी लिनका लागि पूर्व तयारी गर्नेलगायतका लक्ष्य राखेको छ ।

यसैगरी आगोको व्यवस्थित प्रयोगबाट पारिस्थितिकीय प्रणालीमा सकारात्मक प्रभाव र स्थानीय जनताको जीविकोपार्जनमा टेवा पु¥याउने, आन्तरिक तथा अन्तरदेशीय डढेलो विपद् तथा यसबाट उत्पन्न जलवायु परिवर्तनलगायत वातावरणीय समस्या समाधानका लागि द्विपक्षीय, बहुपक्षीय समन्वय, सहकार्य र सहयोग विस्तार गर्ने रणनीतिमा उल्लेख छ ।

यस रणनीतिको मुख्य लक्ष्य डढेलोबाट हुने जन, धन, वन, जैविक विविधता तथा पारिस्थिकीय प्रणालीको क्षतिलाई न्यूनीकरण गर्दै यसको उचित व्यवस्थापनबाट वनको उत्पादकत्वमा टेवा पुर्‍याउनु रहेको छ ।

नीतिगत, कानूनी तथा संस्थागत सुधार गर्ने, बहुसरोकारवालाहरुको संलग्नतामा वन क्षेत्रसँग सम्बन्धित नीति, ऐन, नियम, निर्देशिका तथा मार्गदर्शनहरुको परिमार्जन गरी डढेलो व्यवस्थापनसम्बन्धी विषयलाई समावेश गरी प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाइने डढेलो निरोधात्मक रणनीति रहेको छ ।

साथै, नयाँ बन्ने वनसम्बन्धी नीति, रणनीति, ऐन, नियम, निर्देशिका तथा मार्गदर्शनमा वन डढेलोको विषय समावेश गरिने वन तथा भूसंरक्षण मन्त्रालय र अन्तरगतका निकायहरुको संस्थागत संरचना सुधार गरी वन क्षेत्र बाहेकका अग्नि प्रकोप व्यवस्थापन तथा नियन्त्रण सम्बन्धित निकायसँगको समन्वयमा डढेलो व्यवस्थापन संरचना वा संयन्त्रको विकास गरिदै लगिने रणनीति छ ।

समुदायमा आधारित वन व्यवस्थापन समुहहरुमा डढेलो व्यवस्थापन स्वयसेवी उपसमूह (इकाई)हरु गठन गरिने, वन डढेलोको नियन्त्रण तथा रोकथामका लागि योगदान पु¥याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने तथा वन डढेलो लगाउने वा लगाउन मद्दत पुर्‍याउनेलाई दण्डनीय बनाइने, शिक्षा, जनचेतना, क्षमता अभिवृद्धि र प्रविधि विकास, विद्यालय स्तरका पाठयक्रम तथा वन क्षेत्रसँग सम्बन्धित व्यवस्थापन तालिमको पाठयक्रममा डढेलो व्यवस्थापनसम्बन्धी विषय समावेस गर्न पहल गर्ने रणनीति राखिएको थियो ।

स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सरोकारवालाहरुको विभिन्न तालिम, गोष्ठी तथा अन्तरक्रिया जस्ता माध्यमबाट डढेलो व्यवस्थापन गर्ने क्षमता अभिवृद्धि गर्दै वैज्ञानिक एवं स्थानीय सीपमा आधारित डढेलो व्यवस्थापन प्रविधिको विकास गर्न प्राथमिकता दिइने रणनीतिको लक्ष्य छ ।

“डढेलोसम्बन्धी विषयमा जनसहभागितामा आधारित अनुसन्धान र विकास अन्तर्गत डढेलोबाट वन, जैविक विविधता, कार्बन उत्सर्जन, भू–दृश्य सौन्दर्य, सामाजिक आर्थिक पक्षआदिमा पर्न जाने प्रभावबारे अनुसन्धान गर्ने व्यवस्था मिलाइने पनि रणनीतिमा उल्लेख छ । डढेलोसँग सम्बन्धित अनुसन्धानका नतिजासहितको प्रभावकारी सूचना पद्धतिको विकास गर्ने, डढेलो व्यवस्थापनका लागि नयाँ प्रविधिको विकास गर्ने वातावरणलाई प्रोत्साहित गर्ने तथा सहकार्य, संजाल विस्तार एवं पूर्वाधार विकास गरिने रणनीति लिइएको छ ।

डढेलो व्यवस्थापन तथा पुनःस्थापनामा स्थानीय र राष्ट्रिय स्तरमा समन्वय र सहकार्यका लागि नीतिगत एवम संस्थागत रुपमा प्रारुप तयार गरिने, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा डढेलो व्यवस्थापनका लागि आपसी सहयोग अभिवृद्धि गर्दै लगिने लक्ष्य छ ।

रणनीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा बर्षेनि लाग्ने वन डढेलो नियन्त्रण हुन नसकेको फेकोफनका अध्यक्ष भण्डारी बताउनुहुन्छ ।

रणनीतिमा परम्परागत स्थानीय डढेलो व्यवस्थापन प्रविधिको उचित उपयोग गरी डढेलोको हानिकारक प्रभाव न्यूनीकरण गर्ने र सकारात्मक प्रभाव वृद्धि गर्ने व्यवस्था मिलाइने उल्लेख छ । सामुदायिक वन, सरकारद्वारा व्यवस्थित वन, साझेदारी वन लगायत सबै वन व्यवस्थापन पद्धतिहरुका वन सम्बर्द्धनमा आवश्यक डढेलो व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने व्यवस्था प्रभावकारी बन्न सकेको छैन ।

आयरल्याण्ड वोल्भ्समाथि नेपालको ६ विकेटको जित

काठमाडौँ । नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले १६ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाएका थिए । त्यसैगरी कप्तान रोहित पौडेल शुन्यमा र गुलशन झाले ४ रन बनाएका थिए ।

त्यसैगरी ग्यारेथ डेलानीले २ विकेट लिएका थिए भने बेन ह्वाइट र थोमस मायेसले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुदै १२१ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्बाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । दुई खेलको सिरिजको दोस्रो खेल मंगलबार हुने छ ।

दुर्गा प्रसाईको बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ ।

सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन आदेश गरेको छ ।

प्रसाईले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरिसकेको अवस्थामा अध्यापन अनुमति नदिएको भन्दै काठमाण्डौ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

जाँगरले भरिएका पाखुराहरु

काठमाडौँ, १२ चैत : हसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौ दशक टेक्नुभएकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उहाँँलाई देख्नेहरु झुकिन्छन् । किनकी उहाँँको कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । उहाँ‘ भन्नुहुन्छ, “सकुञ्जेल कामै गर्ने हो, मागेर खाने बानी छैन ।”

पाटनढोका नजिकै रहेको चौतारा मुनि उहाँ‘को दिनचर्या बित्छ । वरिपरि चना, बदाम, मकै र भट्मास खानेकुरा बिछाएर राख्नुहुन्छ । बोली तोते छ । सुन्न र बुझ्न कठिन छ । अलि चर्को स्वरले बोले मात्रै सुन्नुहुन्छ् । उहाँ‘का केही पुराना ग्राहक छन्, जसले इसारामै सबै बुझछन् । बेच्न राखेका सामान हाउभाउमै बिक्री गर्नुहुन्छ, गणेशमाया ।

दश वर्षभन्दा बढी भयो उहाँ‘ त्यही चौतारमा बसेर व्यापारी जीवन बिताएको । जन्माएका सन्तानमध्ये दुई छोरा उहाँ‘कै आँखा अघि बिते । बाँकी एउटा छोरो छ, घरको बाँच्ने आधार । छोराको एक्लो सङ्घर्ष देख्न गणेशमायाको मनले मान्दैन । छोरालाई सघाउन र आफू आत्मनिर्भर हुन फुटपाथमा व्यापार रोजेको बताउनुहुन्छ उहाँँ । “छोराले सबै सामान किनेर ल्याइदिन्छ, अनि यही पिपल चौतारामुनि छोडिदिन्छ”, उहाँ‘ थप्नुहुन्छ, “दिनभरि केही नभए पनि हजार रुपैयाँ जति कमाउछु ।”

आँखा कमजोर हुनु बाहेक गणेशमायाको शरिरमा कुनै गम्भीर रोग छैन । दिनभरि बसेर व्यापार गर्नु पर्दा कहिलेकाहीँ कम्मर दुख्छ । उहाँ‘ले त्यसको आफ्नै उपचार अपनाउनु भएकोछ । । बाह्रहाते पटुकी कसेर व्यापार बस्नुहुन्छ । काम गरी खान उमेर बाधक हुँदैन भन्ने गणेशमायाको जीवनी धेरैका लागि प्रेरणा बन्ने गरेको छ ।

गणेशमायाकै छेउमा कागती, अदुवा, अमला, खुर्सानीजस्ता सामाग्री बेच्न बस्नुभएकी मनमाया लामाको सक्रियता अझै लोभलाग्दो छ । उमेरले ७० नाघेकी उहाँ‘ आफैँ कलङ्की पुगेर होलसेलमा सामान ल्याउनुहुन्छ । उहाँ‘को सहयोगी कोही छैन । भएका छोराबुहारी आफ्नै जीवनयापनमा व्यस्त छन् ।

मनमाया सर्लाहीबाट दुई दशकअघि काठमाडौँ आएको सम्झनुहुन्छ । कुन समय उहाँँलाई यकिन छैन । तर, बाढीले सबै घरबार बगाएपछि बेघरभएर उहाँ‘ जिउ पाल्न सन्तानसहित काठमाडौँ पस्नुभएको थियो । पाटनमा बस्ने उहाँ‘ एउटा कोठाको पाँच हजार रुपैयाँ भाडा तिर्नुहुन्छ । “दिनभरि सुतेर बस्नुभन्दा दुई–चार रुपैयाँ कमाउ हुन्छ,” उहाँ‘ सुनाउनुहुन्छ, “हातखुट्टा चलुन्जेल कामै गरेको निको लाग्छ ।” मनमायालाई खित्काछोडी हास्न निकै मन पर्छ ।

गणेशमाया र मनमाया त्यही चौतारामा व्यापार खुब जमेको बेला एकअर्काको अनुहार हेरेर मस्त हाँस्नुहुन्छ । कहिलेकाहीँ सोचे जस्तो हुँदैन । त्यसबेला उसै गरी उदास पनि हुनुहुन्छ । मनमाया र गणेशमायाले जीवन सरल बनाउने सूत्र जान्नुभएको छ । मनमाया सुनाउनुहुन्छ,“खुसी हुने भनेको अरुको लोभ नगर्ने, आफू मेहनत गर्ने ।”

लमजुङ घर भएकी धनकुमारी घले ६४ वर्षको पुग्नुभयो । छोराछोरीले राम्रै कमाउँछन् । खान लाउन दुःख छैन । तर, उहाँ‘ काम नगरी बस्न हुन्न् । छोराले गाडीको ग्यारेज खोलेका छन् । त्यही ज्यारेजको छेउमा उहाँ‘ नाङ्लोभरी बादम राखेर बेच्नुहुन्छ । हरियो मकैको याममा मकै राख्नुहुन्छ । यति मात्रै होइन, उहाँ‘ एक्लै हिडेर कालीमाटी पुग्नुहुन्छ समान किन्न । औषधिको नाममा अहिलेसम्म सिटामोलबाहेक अरु केही खानु परेको छैन धनमायालाई ।

उहाँ‘का श्रीमान मानसिक रोगले पीडित हुनुहुन्छ । उनको स्याहार समेत गर्न भ्याउनु भएकी धनमाया जीवनमा कहिल्यै हरेस नखाने सुनाउनुहुन्छ । बढ्दो महङ्गीले छोराछोरीले जति कमाए पनि अपुग हुने अवस्था छ । बुढाबुढी भएपछि उल्टै स्याहार्नु पर्ने झन्झट उहाँ‘ले सन्तानलाई दिन चाहनुहुन्न । “अहिलेका छोराछोरीलाई जीउ पाल्न दुःखै छ’’, धनकुमारी भन्नुहुन्छ,“हाम्रो पालामा जस्तो सस्तो र सजिलो छैन ।”

धनकुमारीको विचारमा बुढौलीले छोए पनि दिनभरि त्यतिकै बस्नुभन्दा केही न केही सक्ने काम गर्नु स्वास्थ्यको लागि हितकर हुने अनुभव सुनाउनुहुन्छ । बिहानै ४ बजे उहाँ‘को निद्रा खुल्छ । सबै सुतिरहेको बेला उहाँ‘ उठेर कालीमाटी हाटबजारमा व्यापार गर्ने सामग्री किन्न पुग्नुहुन्छ । आफूले कमाएको पैसाले नातिनातिनालाई आवश्यक परेको खानेकुरा, लगाफाटा र कापीकलम समेत किनिदिनुहुन्छ ।

काठमाडौमा उहाँ‘लाई कुनै बेला दुई रुपैयाँमा एक पाउ खसीको मासु किनेको याद छ । श्रीमानले उतिबेला जागीर गरेर ६० रुपैयाँ तलब पाउनुहुन्थ्यो । त्यही रुपैयामा पूरै घरखर्च चल्थ्यो र बचत पनि हुन्थ्यो । अहिले मह‘गाइले आकाश छोएको छ । घरका सबैले मिलेर कमाउँदा समेत खान हम्मेतम्मे हुने धनमाया सुनाउनुहुन्छ । उहाँ‘ भन्नुहुन्छ्,“मैले आफ्नो खर्च जुटाए भने पनि छोराछोरीलाई धेरै राहत हुन्छ ।”

बुढानीलकण्ठ घर भएका इन्द्रबहादुर मिजार उमेर बढेसँगै शरिरमा आलस्य छाउन दिन नहुने मान्यता राख्नुहुन्छ । बुढौलीमा मन फुर्तिलो बनाउन नियमित शारीरिक व्यायम जरुरी छ । उहाँ‘ बिहानै उठेर अनिवार्य बिहानीको हिंडाइमा जानुहुन्छ । पूजापाठ गरेर व्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँ‘ले बॉसबारी छाला जुत्ताचप्पल कारखानामा १३ वर्ष जागिर गर्नुभयो । जागिरे जीवनमा हुँदा उहाँ‘ले आफैँले जुत्ता सिउने सीप सिक्नुभएको थिएन ।

उमेर छिप्पिदै गएपछि जागिर खानु उचित लागेन । आफ्नै लागि केही गर्ने सोच बनाउनुभयो । सार्की समुदायमा पुख्र्यौली पेसा जुत्ता सिलाउने काम उहाँ‘ले सिकेको थिएन । तर, पछि अरुको हेरेर जुत्ता सिलाउने काम सिक्नुभयो । अहिले आफ्नै पसल सञ्चालन गरेर बस्नु भएको छ । “सीप महत्वपूर्ण हुने रहेछ”, उहाँ‘ भन्नुहुन्छ्, “बुढौलीमा काम आएको छ ।”

इन्द्रबहादुर अलि पुराना पुस्ताका हुनुहुन्छ । उहाँ‘ले सिलाउने जुत्ता, चप्पलको डिजाइन पुरानै शैलीका छन् । समयको मागअनुसार आधुनिक शैलीका जुत्ता सिलाउनु पर्छ । ग्राहकको माग अनुसारको सामग्री दिन नसक्दा उहाँ‘ अलि चिन्तित हुनुहुन्छ । उहाँ‘लाई परम्परागतभन्दा आधुनिक सीप सिकाइमा तालिम लिन पाए आम्दानी राम्रो बनाउन सकिने बताउनुहुन्छ । ‘‘आधुनिक सीप सिक्ने मन छ, वडाले तालिम दिन्छ रे सुनेको छु, मैले अहिलेसम्म लिन पाएको छैन’’, उहाँ‘ भन्नुहुन्छ,“उमेर ढल्किदै गएपनि सिक्ने रहर उस्तै छ ।”

भक्तपुरका नारायणकाजी काशिछ्वा निजामती कर्मचारीबाट स्वेच्छाले निवृत्त हुनुभयो । दुई दशक जिल्ला शिक्षा अधिकारीको रुपमा अनुभव बटुल्नुभएको छ । जागिर छोडेर घरमै बस्ने मनसाय उहाँ‘को थिएन । ६१ वर्षको उमेरसम्म नारायणकाजीले जागिरे जीवनमा भन्दा बढी कार्य अनुभव संगाल्ने अवसर पाउनु भएको थियो । विभिन्न स्कुलमा पुगेर शैक्षिक सामग्री उपलब्ध गराउनेदेखि, आवश्यक शिक्षक तालिम दिने, विद्यालयप्रति विद्यार्थीको मनोबल बढाउने, मनोपरामर्श दिने जस्ता कार्य गर्दै आउनु भएको छ ।

यतिबेला उहाँ‘को अधिकांश समय विद्यालयको अनुगमनमा बित्छ । “अबको शिक्षा शैलीमा व्यवहारिकता जरुरी छ,” उहाँ‘ भन्नुहुन्छ,“विद्यार्थी, शिक्षक र विद्यालयको समग्र गुणस्तर सुर्धाने तालिम दिदै आएको छु ।” नारायणकाजीले जागिर छोड्दा धेरैले सोच्थे, अब घरमै सुतीसुती खाने होला भनेर ।” नारायण यो सोचको ठीक विपरीत मत राख्नुहुन्छ । शरिरले साथ दिंदासम्म कर्म गर्नुपर्छ । उहाँँका छोरा, बुहारी अस्ट्रेलियामा बस्ने गर्दछन् । ९० वर्षकी आमा र पत्नीको स्याहार गर्ने जिम्मेवारी पनि नारायणकाजीमै छ ।

नारायाणलाई उहाँ‘की आमाले नै सिकाएको पाठ छ, शरीरले भ्याउदासम्म कर्म गर्न नछोड्नु भन्ने । त्यसैलाई आत्मसात् गरेका नारायण आफू स्वस्थ रहनुको मूल कारण पनि कर्ममा सक्रिय हुनु हो । “बुढौली उमेर बेकार हुँदैन”, उहाँ‘ सुनाउनुहुन्छ, “त्यतिबेला परिवारको व्यवस्थापन पनि भइसकेको हुन्छ, आफ्नो खुसीले जिउने समय भनेकै यही उमेर हो ।” नारायणकाजी आफ्नो पाक्दै गरेको उमेर भरपुर उत्साहका साथ बिताउन सिपालु हुनुहुन्छ । हरेक दिन सिक्ने र सिकाउने काममा सक्रिय बताउनुहुन्छ । सक्रियता र व्यस्तताले उमेरको बारे सोच्ने फुुर्सद नै छैन उहाँँलाई । अधिकांश जेष्ठ नागरिक फुर्सदमा तास खेलेर, नसा खाएर, दुःखी भएर नकारात्मक जीवन शैलीमा फसेका मात्र हुँदैनन्, अनेक रोगव्याधीबाट पनि ग्रस्त हुने गर्दछन् । त्यस्तो कार्यबाट आफूले आफूलाई बचाउन सकारात्मक सोच र सही बानी बसाल्न जरुरी रहेको उहाँ‘ बताउनुहुन्छ ।

जोरपाटीका श्यामसुन्दर खतिवडाले निजामती कर्मचारीको अवकासपछि जेष्ठ नागरिकमा आउने उदासी र छटपटीको गहिरो अनुभूति गर्नुभयो । बुढ्यौलीले छुँदा व्यर्थ समय मान्दै मानसिक समस्या झेल्नु पर्ने, सबैको हेला हुनुपर्ने अवस्थाबाट जोगिन उहाँ‘ले एउटा उपाय अपनाउनु भएको छ । हरेक महिनाको ८ गते जोरपाटीस्थित चामुन्डा मन्दिरमा वरिपरिका जेष्ठ नागरिक भेला गराई उनीहरुलाई खुसी बनाउने विभिन्न रोचक क्रियाकलाप गराउन सुरु गर्नुभयो । “केटाकेटीको जन्मोत्सव सबैले मनाउँछन्, बुढाबूढीको खासै वास्ता गरिँदैन परिवारमा”, उहाँ‘ भन्नुहुन्छ, “हामी सबै मिलेर त्यो दिन बुढाबूढीको जन्मोत्सव बनाउँछौँ, नाच्छौँ, गाउछौँ र मज्जाले हास्छौँ ।”

श्यामसुन्दरका अनुसार उमेर ढल्किँदै जाँदा परिवारको माया र साथको खाँचो हुन्छ । अहिले व्यस्त छोराछोरीले आमाबुबालाई समय निकाल्न कठिन छ । जसको कोही छैन, र वेसहारा बुढाबूढीको सहारा बनेर सहयोगी साझेदारी गर्न श्यामसुन्दरले भेला गर्ने गरेको बताउनुभयो ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार कुल जनसंख्याको १० दशमलब २१ प्रतिशत जनसंख्या जेष्ठ नागरिक रहेको रहेको छ । २९ लाख ७७ हजार तीन सय १८ जेष्ठ नागरिकमध्ये १५ लाख ३३ हजार चार सय ११ महिला छन् भने १४ लाख ४३ हजार नौ सय सात संख्या पुरुष छन् । बृद्धवृद्धाका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमका अनुसार जेष्ठ नागरिकको कुुल जनसङ्ख्याको ९.२२ प्रतिशत ज्येष्ठ नागरिक स्वस्थ्य र सक्रिय अवस्थाका छन् । उहाँ‘हरु सक्रिय भएर परिवारमा र राष्ट्रको टेवामा सहभागी भइरहेका छन् ।

औसत आयु ८० वर्ष पुग्दै गर्दा ६० वर्षमा अवकाश पाउने नागरिकले फेरि काम गर्न चाहेमा त्यस अनुसार रोजगारीको व्यवस्था हुन नसक्नुले जेष्ठ नागरिकमा कठिनाई आएको उहाँँ बताउनुहुन्छ । “बुढो हुनु भनेको कमजोर हुनु मात्र होइन, उसको भूमिकामा परिवर्तन आउनु हो”, उहाँँ भन्नुहुन्छ, “जेष्ठ नागरिकलाई रोजगारको वातावरणमा सहुलियत हुने कार्यक्रम ल्याउन जरुरी छ ।” त्यस्तै, बुढाबूढीले परिवारमा नातिनातिना हुर्काइ दिएर, घर रुँघेर, भान्सा सम्हालिदिएर बिनापारिश्रमिक काम गरेको भएपनि त्यसको उचित सम्मान भने परिवार र राज्यले दिन नसकेको प्रकाशको भनाइ छ । राज्य र परिवारले ऊर्जावान् ज्येष्ठ नागरिकको सीप र क्षमताको कदर गर्न आवश्यक रहेको उहाँ‘ बताउनुहुन्छ ।

आजको मौसम : देशभर बदली

काठमाडौँ, १२ चैत : देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

बागमती र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । चारवटै प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती, मधेस र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आज मधेसमा होली मनाइदै

xf]nL kj{ sf7df8f}F, !! r}tM kmfu'k"l0f{dfsf] lbg cfh sf7df8f}Fsf] a;Gtk'/df /ªu v]n]/ xf]nL kj{ dgfpFb} ;j{;fwf/0f . tl:a/ M xl//fd e]6'jfn÷/f;;

काठमाडौ, १२ चैतः आज तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । ‘जोगिरा सररर…’ लगायतका गीतमा नाचगान गर्दै, रङ खेलेर होली मनाउने गरिन्छ ।

सप्तरीका राजनीतिककर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ । होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उहाँको भनाइ छ । “मधेसमा होली पर्व विशेष रुपले लिइन्छ”, उहाँले भन्नुभयो ।

होली मनाउने अघिल्लो दिन ‘होलीका’ दोहन गरिन्छ । आज बिहानै खीर, मालपुवा, दालको पुरी, फलफुल बनाएर कुलपुजा गर्ने चलन छ । त्यस्तै, ठूलाबढाको हातबाट अविर लगाएर होली पर्व मनाउन थालिने मधेसको परम्परा छ ।

झाका अनुसार पहाडमा भन्दा मधेसमा होली केही भिन्न छ । गाउँमा समूह बनाएर होरी गीत गाएर नाचगान गर्ने चलन छ । झा भन्नुहुन्छ, “जोगिरा सररर… बोलको गीत मधेसमा निकै चर्चित छ ।

राधा-कृष्ण र शिव-पार्वतीको प्रेम प्रसङ्गमा गाउने गीत पछिल्लो समय युवा पुस्ताले आफ्नै शैलीमा पस्किन थालेको उहाँले सुनाउनुभयो । संस्कृतविद् धिरेन्द्र प्रेमर्षिले मधेसको होलीमा भाइचारा र आत्मियता अधिक हुने गरेको बताउनुभयो । “ठूला साना सबैको सम्मानपूर्वक व्यवहारसहित होली खेलिन्छ”, उहाँ भन्नुहुन्छ, “नया पुस्ताले त्यही संस्कार सिको गर्दै आएका छन् ।”

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, १२ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।

चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन । भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै भेटघाटमा सहभागी हुनुभएका अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिनुभएको नगरप्रमुख रेग्मीले रासससँग जानकारी दिनुभयो ।

सो अवसरमा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा बाबुराम ढुङ्गाना, बहिरा महासङ्घका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायतको सहभागिता थियो । चितवनबाट प्रमुख रेग्मी नेतृत्वको प्रतिनिधिमण्डल आज काठमाडौँ आएको हो ।

भेटघाटका क्रममा त्रिशूली डाइभर्सन, सामान्नीकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा प्रधानमन्त्री दाहालसमक्ष पहलकदमीका लागि अनुरोध गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

बेइजिङ (चीन), १२ चैत : जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ ।

बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गर्नुभयो ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उहाँका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आउनुभएको हो । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ ।

उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्नुहुनेछ । त्यस्तै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ ।

‘जब चिनी तीतो हुन्छ’

काठमाडौँ, १२ चैत (रासस) : मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन । यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ । यसले मुटुलाई त खराब गर्छ नै, क्यान्सर समेत पैदा गराउन सक्छ भनेर विज्ञानले सिद्ध गरिसकेको छ । यस्ता मिठाइहरु प्रायः मैदा र चिनी बाट नै बनेको हुन्छन् । मेदा र चिनी दुबैको पौष्टिक तत्व हँदैन र यिनको धेरै प्रयोग बाट त शरीरमा पौष्टिक तत्वको कमि हुन जान्छ । शरीरमा पौष्टिक तत्वको कमि भएपछि अनेक किसिमका स्वास्य समस्या पैदा हुन्छन् ।

विश्व स्वास्य सङ्गठनका अनुसार एक वयस्कले एक दिनमा तीनदेखि पाँच चम्चा मात्र चिनी प्रयोग गर्नसक्छ । तर वास्तविक जीवनमा त हामीले धेरै नै प्रयोग गरिरहेका हुन्छौँ । उदाहरणको लागि दिनमा तीन कप चिया खाइयो भने एक कप चियामा दुई चम्चा हाले पनि छ चम्चा चिनी त यसै पनि भइहाल्यो । यदि त्यसमाथि मिठाई पनि खाइयो भने त कति चम्चा चिनी होला ? अनि बिस्कुट, सर्वत खाने गरिन्छ । यसरी बनाएको बिस्कुटहरु कस्ता गुणस्तरका हुन्छन् भन्ने कुरा प्रायः हामीलाई थाहा नै हुँदैन ।

चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानीकारक हुन्छ । त्यसमा पनि कुहिएको वा ढुसी परेको नरिबल वा अन्य वस्तु मिसाइएको हुन्छ । ढुसी लागेको खानेकुराले कलेजोमा असर गर्छ । आज खाएर भोली नै केही समस्या नपर्ने हुनाले मानिसहरुलाई यसरी गुलीयो धेरै हालेको पदार्थ , नदेखिने हुनाले ढुसी लागेको पर्दार्य खाएपछि विरामी परिन्छ भन्ने पनि थाहा हुँदैन् ।

अमेरिकन डायवेटिक एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसन दुवैले चिनीको उपभोग घटाउन आग्रह गरेका छन् । अमेरिकन डायविटिज एसोसिएसन भन्छ, “डायविटिजको सन्दर्भमा कुरा गर्दा सबैभन्दा महत्वपूर्ण कुरा चिनी र खाना नै हो । शरीरको तौल बढाउन र रगतमा ग्लुकोजको मात्रा बढाउछ ।” सो एसोसिएसनले डायविटिज भइसकेको छ वा हुने जोखिम छ भने पानी, विना चिनीको चिया, कफी, वा अरु कुनै कम क्यालोरी भएको पेयपदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ ।

चिनी सबै चिसो पेयहरुमा पाइने एक प्रमुख तत्व हो । चिनी विभिन्न स्वादहरु मिश्रित तरल पदार्थहरुमा राखिएको हुन्छ । अधिकांश चिसो पेयमा चारदेखि १५ चिया चम्चासम्म चिनी घोलिएको हुन्छ । वर्तमान पुस्ताका केटाकेटीको दाँतमा समस्या सिर्जना गर्ने प्रमुख तत्वका रुपमा चिनी रहेको छ । त्यस्तैगरी चिनी मानिसहरुमा मधुमेहको र साथै हृदयरोग, अपच, छालाका समस्या तथा अन्य घातक रोगहरुको बृद्धि गर्नका लागि प्रमुख सहयोगीका रुपमा रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले प्रकासन गरेको बुलेटिन अनुसार चिनी मिसाइएका पेय पदार्थको उपभोग अहिले विश्वमा नै बढिरहेको छ । विगत पाँच वर्ष यताको अध्ययन गर्दा खानासँग सम्बन्धित रोगहरु जस्तोः टाइप २ डायविटिज र अधिक मोटोपनको बृद्धिको एउटा मुख्य कारक तत्व यिनै गुलिया पेय पदार्थ भएको पाइएको छ । यसै कारणले गर्दा पनि मेक्सिको चिनीको गुलियो भएका पेयपदार्थमा ‘सोडा ट्याक्स’ भनेर नयाँ कर लगाउने कानुन पास गरेको छ । मूल्यवृद्धि भएपछि यसको खरिद तथा उपभोग कम हुन्छ भन्ने अपेक्षाले यसो गरिएको थियो । यसरी कर लगाएपछि पेय पदार्थको खरिदमा छदेखि १२ प्रतिशतसम्म गिरावट आएको पाइयो ।

अमेरिकाको न्यूयोर्क युनिभर्सिटीका अध्ययनकर्ता तथा फुड स्टडी एवं पब्लिक हेल्थका प्रोफेसर नेस्टलेका अनुसार अहिले अत्यन्तै प्रभावकारी मार्केटिङबाट यस्ता पेय पदार्थ किन्न उपभोक्तालाई लोभ्याउने पार्ने गरिन्छ । उत्पादकहरुले अहिले विज्ञापनमा धेरै खर्च गर्छन् । यो पैसा पनि उपभोक्ताले नै तिनुपर्छ । यस्ता खाद्य पदार्थका उत्पादकहरुले अहिले कम र मध्यम स्तरको आम्दानी भएका देशहरुमा यस्ता वस्तुहरको विक्री बृद्धि गर्ने लक्ष्य राखेका छन् । किनभने यी देशहरुमा बढी नाफा कमाउन सकिन्छ, विशेषगरी केटाकेटीहरुलाई लोभ्याएर ।

न्यूयोर्क शहरमा आधाभन्दा बढी मानिसहरु अत्यधिक मोटो छन् । यसै कारणले न्यूयोर्कका मेयरले सन् २०१२ मा त्यहाँ समस्याको रुपमा देखापरेको अत्यधिक मोटोपनलाई घटाउने प्रयासस्वरुप कोकाकोला, चिनी धेरै भएका चिसो पेय पदार्थका ठुला बोतलको सट्टा साना बोतल (४७३ एमएल) मात्र बेच्न पाउने निर्णय गर्न खोजेका थिए । त्यसको उद्देश्य समस्याको रुपमा रहेको “अत्यधिक मोटोपन”लाई घटाउनु नै थियो । तर न्यूयोर्ककै केही बासिन्दाहरुले चाहीँ यसको खुलेर विरोध गरे । हामीलाई जति मन लाग्छ खान्छौँ । र चिसो पेय पदार्थ खानु आप्mनो अधिकार भएको भन्दै प्रतिवाद गरे । प्यास लाग्दा चिसो जस्ता पेय वस्तु नै खाने उनीहरुलाई बानी नै परिसकेकोले उनीहरुले चिनी पनि धेरै खान्छन् । कतिपयमा त छोड्नै नसक्ने लत नै बसेको छ ।

गुलियोको कारणले पनि दाँतको पालिस पखालिने अवस्था बन्छ । यी पेय वस्तुबाट दाँतसम्बन्धी विशेष गरी दुई प्रकारका समस्याहरु बढी देखिएका छन् । दाँतमा प्वाल पार्ने र दन्त हर्ष । हाल आएर दाँतको क्षय हुने समस्या पनि धेरै देखिन थालेको दन्त चिकित्सकहरुले बताएका छन् । बट्टामा राखेको फलफुलमा चिनीको मात्रा अति नै बढी हुन्छ । यसले बच्चाको दाँतमा नराम्रो असर पर्छ । त्यसैले बट्टाको फलफुलको रस किन्नु भन्दा फलफुल नै स्वास्थको लागि धेरै राम्रो हुन्छ । यो सस्तो पनि पर्छ । चाडपर्वमा चिसो पेय पर्दार्थ र बट्टाका फलफूलको रसको पनि धेरै नै प्रयोग गरिन्छ बट्टाको फलफुलमा पनि एकदम धेरै नै प्रयोग गरिन्छ । बट्टाको फलफुलमा पनि एकदम धेरै नै चिनी भएको तथ्य छ ।

नेपाली युवायुवतीलाई भ्रम उत्पन्न गर्ने आक्रामक प्रचार गर्दै अर्को पेय बस्तु बजारमा आएको छ, इनर्जी ड्रिंक । दशैं तिहारमा एकदम धेरै मानिसहरुले यो प्रयोग गर्छन् । कतिपयले कोसेली पनि लैजान्छन् । यसलाई यो शक्तिबद्र्धक पेय वस्तुको रुपमा व्यापक प्रचार प्रसार गरिएको छ । युवा युवतीलगायत प्रायः सबै उमेर तथा बिरामी, खेलाडी, कामदारलगायत विविध वर्ग र क्षेत्रका मानिसहरु अहिले यो पेय पदार्थलाई एउटा लाभदायक पेय वस्तु हो भन्ने भ्रममा छन् र व्यापक रुपमा उपभोग गरिरहेका छन् । यसले शरीरमा कति धेरै हानी छ भन्ने कुरा आम उपोक्ताहरुले बुझेका छैनन् । आम सञ्चार माध्यममा विज्ञापनको आइरहेको पनि यस्ता गुलिया पदार्थहरुको बारेमा छलफल हुँदैन ।

यस पेयमा प्रशस्त मात्रामा चिनी हुन्ने भएकाले यसले केही शक्ति दिए जस्तो हुन्छ । थाकेको बेला यस्तो पेय पदार्थ पिउँदा केही क्षण परिवर्तनको महसुस भए पनि यसले बरु स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गर्ने अध्ययनकर्ताहरुको भनाइ छ । बरिष्ठ वाल रोग विशेषज्ञ डा विष्णु पण्डितका अनुसार वालालिकालाई इनर्जी ड्रिंक मात्र होइन, हाल हाम्रो बजारमा प्रचलित विभिन्न ब्राण्डका सप्mट ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन् । यस्ता पेय पदार्थका कारण बच्चाहरुमा खाना रुची कम हुन्छ र उनीहरुलाई आधारभूत इनर्जी पुग्दैन । यस्ता हल्का पेय वस्तुहरु खानेहरुमा मोटोपना आउँछ । चिनीको मात्रा बढी हुने हुनाले मोटोपन र डायविटिजको सम्भावना बढ्रछ । यसले वालवालिकामा फोक्से मासु बढ्छ र अनेक समस्या उत्पन्न गराउँछ ।

केही महिनाअघिको कुरा हो, एक आमाले छ वर्षिय छोरा लिएर अस्पताल गइन् । उनले डाक्टरलाई भनिन्, यो दुब्लाएको छ । बारम्बार बिरामी भइरहन्छ । खाना पनि खान मन गर्दैन । बिरामी भनेर स्कूल पनि पठाएको छैन । किन यस्तो भएको होला ? आमाले डाक्टरसँग कुरा गरिरहँदा बच्चा यताउता टुकुटुकु गरिरहेको थियो । आमालाई बोल्न नदिने आमाको मुख आफूतिर फर्काउने आदि कोशिस गरिरहेको थियो । डाक्टरले यसले के खान्छ ? भनेर सोधे । आमाले, भात दाल, तरकारी त यसको घाँटीबाट नै छिर्दैन । मिठाइ, चाउचाउ, चकलेट, बरफ चिसो पेय आदि मात्र मन गर्छ । भात नखानेलाई यति दिंदा कमसेकम यसले रुचाएका केही खानेकुरा त पर्छ भनेर दिन्छु । चकलेट र चाउचाउ खाए पनि यो त बिरामी भइरहन्छ, के गर्ने होला ?

आमाले थाहा नै नपाइकन बच्चालाई धेरै चिनी भएको वस्तु दिएकी थिइन् । यसले गर्दा बच्चाको त रोगसँग लड्ने शक्ति नै कम भएर ख्वाउटे भएको रहेछ । मिठाइ र चिसो पेय मायाको प्रतीक होइन भन्ने कुरा डाक्टरले बुझाएपछि उनी छानाबाट खसे झैं भइन् । बढी चिनी र पत्रु खानाले पोषणको कमि भएकाले छोरा दुब्लाएको रहेछ भन्ने थाहा पाइन् । बच्चालाई खुवाएको पत्रु फुडले उसको पेट त भरिन्छ तर पोषण पुग्दैन । ‘मिठाई, चकलेट, जस्ता पत्रु खाना खुवाउन छोड्नुस् र घरमा जे पाक्छ त्यही खुवाउने बानी गर्नुस् । कुनै औषधि खानु पर्दैन । हरिया तरकारी र फलफुल खुवाउन जोड गर्नुहोस् । सधैँ जंक फुड खुवाउने हो भने औषधि गरेर मात्र केही हुँदैन’ भनेर चिकित्सकले सल्लाह दिए ।

पत्रु खाना बनाउने मिठाइहरु पकाउने ठाउँमा गएर उपभोक्ताले कहिले पनि हेरेका हुँदैनन् । बाहिरपट्टि जे देखिन्छ त्यही राम्रो प्याकेटका खानेकुरार मिठाइ किनेर खाने चलन छ । यसरी जहाँ पायो त्यही बनाएको, बारम्बार पकाएको तेलमा पकाएको मिठाइ ले गर्दा स्वास्थ्यमा असर पर्छ भन्ने कुरा बुझेर सकेसम्म घरमा नै मिठाइ बनाउन सकियो भने राम्रो हुन्छ । हलुवा, पुरी, सेल, खिर आदि त घरमा पनि सहजसँग बनाउन सकिन्छ । यस्तै खानेकुरामा ध्यान दिनसकेमा निरोगी बन्न सकिन्छ । (लेखक पोषणविद् हुनुहुन्छ)

सुदामा ताजा समाचार

खुर्पा प्रहार गरी छोराको हत्या

१७ जेठ, चितवन । पूर्वी नवलपरासी नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अनुसार ६३ वर्षीय...

आर्थिक वर्षको बजेटले राख्यो,सुरुङमार्गलाई विशेष प्रामिकतामा

 काठमाडौं । मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ...

बेलबारी फुटबल क्लवले जित्यो,भीमनारायण गोल्डकपको उपाधि

हिले, जेठ १७ गते । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार...