काठमाडौं । निजी क्षेत्रको चर्चित हवाई सेवा बुद्ध एयरका अध्यक्ष तथा सञ्चालक वीरेन्द्र बहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘वाई द बुक’को एक भव्य समारोहकाबीच लोकार्पण भएको छ । उक्त पुस्तकमा लेखकले बुद्ध एयरको सफलताको कथा छर्लंग पार्नुभएको छ ।
लोकार्पित पुस्तकमा बुद्ध एयरले सुरुवातदेखि वर्तमान अवस्थासम्म आइपुग्नका लागि के कस्ता प्रयास गरिए ,ती सबै विषयहरु समावेश गरिएको अध्यक्ष बस्नेतले बताउनु भयो । उहाँका अनुसार उद्योग व्यवसायमा लाग्न चाहने वा व्यवसाय व्यवस्थापनमा लाग्नेहरुका लागि पुस्तकले सिर्जनशील बन्न प्रेरणा
दिनेछ ।









