एन आई सी एशिया बैंकका जुनसुकै सेवाग्राहिले पनि सिद्धबाबाहस्पीटलमा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्ने

काठमाडौं । एन आई सी एशिया बैंक र बुटवलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता सम्पन्न भएसँगै, अब बैंकका ग्राहकहरूले सो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
यस समझदारीपछि एन आई सी एशिया बैंकका डेबिट, क्रेडिट वा प्रिपेड कार्डमार्फत वा मोबैंक एप प्रयोग गरी डिजिटल भुक्तानी गर्ने ग्राहकहरूले छुट सुविधा लिन सक्नेछन्। यस अन्तर्गत सामान्य उपचार, लेब परीक्षण, डेन्टल, अपरेसन तथा अन्य स्वास्थ्य सेवामा छुट पाउन सकिने बताएको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहजता दिलाउने मात्र नभई डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गरी नगदरहित कारोबारको अभियानलाई थप बल मिल्ने विश्वास लिएको छ।

LEAVE A REPLY