देश भर १सय ११ स्थानमा सुपथुल्यको पसल, दिनहुँ सवा करोडको कारोबार

सरकारले दशैं, तिहार र छठ पर्वका लागि देशभरि १ सय ११ स्थानमा खाद्य सुपथ मूल्य पसल सञ्चालन गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दैनिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै उपभोक्तालाई चामल, दाल, तेलमा छुटसहित सामान उपलब्ध गराइरहेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले ४० स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्दै नुन, चिनी, दाल र तेलमा छुट उपलब्ध गराएको छ

अरू बेला महँगीको मारमा परेका र उपभोक्ता चाडबाडका समयमा सहुलियत पाइने भन्दै टाढा–टाढादेखि सुपथ मूल्य पसल पुग्ने गर्छन् । यस्ता पसलमा चामल, चिनी, दाल, तेल, चिउरा, आटाजस्ता खाद्यान्नमा उपभोक्ताको विशेष आकर्षण रहन्छ ।

चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको देखिन्छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान डीडीसीले ३० भदौदेखि देशभरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन् ।
दशैं, तिहार र छठ पर्वका लागि देशभरि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १ सय ११ स्थान र साल्ट ट्रेडिङले न्यूनतम ४० स्थानमा बिक्री स्थलराखेको छ । डीडीसीले उपत्यकामा २ वटा र उपत्यका बाहिर भएका प्रत्येक आयोजनाबाट छुट दिइएको जनाएको छ ।
दशैं नजिकिदै जाँदा उपभोक्ताको चापबढ्दैः
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री शाखा प्रमुख भीमबहादुर थापा सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको र दैनिक संख्या पनि बढ्दै गएको बताउँछन् ।
उनका अनुसार कम्पनीले देशव्यापी दैनिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको छ ।
उनले कम्पनीको आपूर्ति व्यवस्थामा सुधार आएको र दुर्गम क्षेत्रमा समेत सेवा विस्तार गर्ने क्रम जारी रहेको बताए ।

 

LEAVE A REPLY