झापाको फेसबुक चोकमा करेन्ट लागेर एक ५५ वर्षियको मृत्यू

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका–१०, फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
कात्तिक ७ गते दिउँसो आफ्नो घरमा बिजुलीको तार मर्मत गर्न खोज्दा करेन्ट लागेर स्थानीय ५५ वर्षीया तालामाई मर्डीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घरमा बिजुली बाल्ने क्रममा समस्या देखिएपछि तार हेर्न खोज्दा करेन्ट लागेको आशंका गरिएको बताए ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेकोजनाइएको छ ।

LEAVE A REPLY