काठमाडौँ प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति जनार्दन शर्मा संचालित प्रगतिशील राष्ट्रिय अभियान तथा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि नयाँ पार्टी सार्वजनिक गरिएको हो।
पार्टी घोषणा समारोहमा नयाँ पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले सार्वजनिक गरेका थिए। एकतासँगै तीन पक्षका संरचना, कार्यदिशा तथा आगामी राजनीतिक योजनाबारे कार्यदलले रूपरेखा मिलाउँदै लगिने बताइएको छ।








