काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो ३२ औ वार्षिकोत्सवको पावन अवसारमा १५ वर्षभन्दा बढी सेवा दिने ३६ जना कर्मचारीलाई दिर्घ सेवा सम्मान प्रदान गरेको छ।
सम्मानित हुनेमा प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारीहरू रमनजुलु नाइडु, रतन कुमार लामा, रोशन कुमार श्रेष्ठ, बच्चुराम खड्का, निरजमानसिंह प्रधान, सुदर्शन श्रेष्ठ, अनुज लाखे, शिव प्रसाद श्रेष्ठ, मनोहर अधिकारी, अञ्जु तुलाधर श्रेष्ठ, गिहेन्द्रमान डंगोल, रवि डंगोल, देभेन्द्र खड्का, सुविन्द्र श्रेष्ठ, अमृत श्रेष्ठ, पुनम महर्जन, पूर्णिमा श्रेष्ठ, निर्जला लिम्बु सुब्बा, तेज कुमार महर्जन, सञ्जय रत्न डंगोल, दिवेश कायस्थ, सिजन श्रेष्ठ, सुजाता खतिवडा, किशोर महर्जन, विदुर तिमल्सिना, सिताराम कँडेल, खगेश्वर भट्टराई, राधेश्याम खड्गी, कालुसिंह तामाङ, सविना देउला, सिता रिजाल, रुपा धल, सुभद्रा केसी, जिवन्ती श्रेष्ठ र केशव श्रेष्ठ रहेका छन्।
साथै, कम्पनीको बागमती शाखाले पनि १५ वर्षभन्दा बढी अनवरत सेवा दिने २५ जना कर्मचारीलाई सम्मान गरेको छ। सम्मानित हुनेमा धर्मराज थापा, किशोर श्रेष्ठ, बिप्लिका जोशी, पूर्णकुमारी श्रेष्ठ, सुजन श्रेष्ठ, रुजिना जोशी, सुनिता श्रेष्ठ, रजनिस महर्जन, सुन्दर बुढाथोकी, प्रमिता जोशी लोहोनी, राजुराज दली, प्रशन्ना श्रेष्ठ, सपना अवाले, सरोज सुवाल, अन्नपूर्ण श्रेष्ठ, दिवश खतिवडा, इन्दिरा घिमिरे, बासुदेव ढुंगाना, उमेश प्रधान, राजन न्यौपाने, प्रकाश लामिछाने, अजित विष्ट, सुरेश महर्जन, मिनादेवी श्रेष्ठ र बिमला कंडेल रहेका छन्।









