काठमाण्डौ,रेष्टुरेन्ट एण्ड बार एशोसिएसननेपाल( रेवान )ले यही पौष १३ देखी १७ गते सम्म पोखराको किनार लेक साईडमा करीव ३ किलोमिटर क्षेत्रमा २७ औं सडक महोत्सव २०८२ आयोजना गर्ने भएको छ । रेवानका संयोजक तथा प्रथम उपाध्यक्ष वसन्त गौतमले आज राजधानीमा पत्राकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिनु भएको हो ।
“सडक मै खाउ,सडक मै नाचौं, सडक मै रमाउ” भन्ने मूल नाराका साथ खाना , संस्कृति र संगीतलाई प्रवद्र्धन गर्ने यस महोत्सवले पोखराको पर्यटनमा मात्र नभई समग्र नेपालको पर्यटन विकाशमा विषेश स्थान ओगटेको रेवानको भनाई छ ।
रेवानका अनुसार यस महोत्सवका प्रमुख आर्कषण तथा विशेषताहरुः
—सांस्कृतिक विविधताःनेपालका विभिन्न जात जातिका लोपोन्मुख सास्कतिक झाँकीहरु, मौलिक भेषभुसा र परम्परागत नृत्यहरुको प्रर्दशन हुने र यो सास्कृतिक हस्तान्तरण र संरक्षणको एक महत्वपूर्ण मञ्च हुने छ ।
—स्वादको उत्सवःसडक मै खाउ भन्ने नारालाई सार्थक पार्दै सडक मै राष्ट्रिय तथा अन्तराष्टिय परिकार हरुको प्रत्यक्ष स्वाद लिन पाईने व्यवस्था छ ।
—मनोरञ्जनः नेपालका राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको “लाईभ कन्सर्ट ” ,र मौलीक दोहोरी गीत को प्रस्तुति हुने ।
—साहसिक तथा खेलकूद गतिविधिःफेवा तालमा वोटरेस ,वेटर रेस,टग अफवार र पर्यटकहरुका लागि लक्षित विशेष खेल गतिविधिहरु हुने ।
—शैक्षिक तथा प्रर्वधनात्मक कार्यक्रमःयस कार्यक्रम अन्तरगत पोखराको पर्यटका अवसर र चुनौतिवारे विज्ञहरु साग टक सो पोखराको सौन्दर्य झल्कने वृत्त चित्र पर्दशन र फोटो प्रर्दशनी हुने लगायतका छन् ।
यस महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुवरी प्रालि रहेको छ भनें,सह प्रायोजकहरुमा बोटलर्स नेपाल लि.,दी नेपाल डिष्टिलरी प्रालि, नेपाल ट्लिकम लगायत छन् ।
त्यसै गरी सहयोगी सस्थाहरुमा म पानी ,गृह लक्ष्मी ग्याँस, अन्नपूर्ण केवलकार र रेडबुलगायत छन् ।









