गायक प्रशान्त तामाङको असामयिक निधन

काठमाडौँ, पुस २७ गते । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी रजनी केसीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज उहाँको निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा उहाँको निधन भएको हो,’ चलचित्रकर्मी रजनी केसीले भन्नुभयो, ‘हृदयघात भएको भन्ने जानकारी आएको छ
४३ वर्षीया इन्डियन आइडल विजेतासमेत रहेका तामाङ नेपाली फिल्ममा गायनसँगै अभिनयमा पनि सक्रिय हुनु हुन्थ्यो ।
उहाँका ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ चर्चित गीतहरू छन् ।

LEAVE A REPLY