गगन थापालाई सभापतिका रुपमा कामगर्ने बाटो खुल्यो

काठमाडौँ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।यस सँगै सभापति गगन थापालई निर्धक्क भएर काम गर्ने बाटो खुलेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आदेश नदिएसँगै थापालाई सभापतिका रूपमा काम गर्न बाटो खुलेको हो । कांग्रेस विशेष महाधिवेशनपछि बनेको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आयोगले मान्यता दिएको थियो।
त्यसविरुद्ध पूर्णबहादुर खड्का र शेरबहादुर देउवाले रिट दायर गरेका छन् ।अदालतले अन्तरिम आदेशबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

LEAVE A REPLY