४ चैत, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने
र बने पछि संबिधान अुसार तिव्र गतिमा चल्ने बताउनु भएको छ ।
नेपाल नागरिक लगानी कोषको ३६औं वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताउनु भएको हो । उहाँका अनुसार
निर्वाचन आयोगले विहीबारसामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्छ ।अब आपूmले पनि विश्राम लिने बेला आएको छ ।
अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आएको सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौती सामना गर्दै समष्टिगत आर्थिक परिसूचकमा देखिन गएको संकेत अनुसार काम गर्न सकोस् भनेर सदभाव पनि व्यक्त गर्नु भयो ।







