एलएस अटोको आधिकारिक वितरक व्लु कर्पोरेशन प्रा.लि.द्वारा ज्ञानेश्वरमा नयाँ शोरुम उद्घाटन,

काठमाडौं। एलएस अटोको नेपालका लागि आधिकारिक वितरक ब्लु कर्पोरेसन प्रालिले काठमाडौंको ज्ञानेश्वरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुम उद्घाटनसँगै कम्पनीले आफ्नो नयाँ मोडल ‘एलईभी एक्स’ अल ह्वील ड्राइभ इलेक्ट्रिक एसयूभी पनि सार्वजनिक गरेको छ।
विगत २५ वर्षदेखि अटोमोबाइल डिजाइन र इन्जिनियरिङ क्षेत्रमा सक्रिय ‘सांघाई लन्च अटोमोटिभ टेक्नोलोजी’ अन्तर्गतको एलएस अटोले आफ्नै ब्राण्डमा विद्युतीय सवारी उत्पादन गर्दै विश्व बजारमा विस्तार गरिरहेको छ।
नेपाली बजारमा यसअघि नै ‘एलईभी–०१’ बिक्री गर्दै आएको ब्लु कर्पोरेसनले अब यसको परिष्कृत र अझ शक्तिशाली संस्करण ‘एलईभी एक्स’ भित्र्याएको हो।
नयाँ ‘एलईभी एक्स’ मा ७७ किलोवाट आवर क्षमताको ठूलो ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा करिब ५५० किलोमिटरसम्मको दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ। यसअघि उपलब्ध ‘एलईभी–०१’ ले भने करिब ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने बताइएको छ।
कम्पनीका अनुसार नयाँ मोडलले उच्च प्रविधि, शक्तिशाली प्रदर्शन र लामो रेन्जका कारण नेपाली बजारमा इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY