ट्रकको ठक्करबाट घाइते भएका इन्स्पेक्टरको निधन

१ वैशाख, काठमाडौं । ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी अधिकृत इन्स्पेक्टर अभय लामाको निधन भएको छ ।
३२ वर्षीय लामा चढेको बा .प्र .२—०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३—००१ ख १७१५ नम्बरको ट्रकले आइतबार राति सवा ११ बजे ठक्कर दिएको थियो ।
तारकेश्वर नगरपालिका—८ डाँडागाउँस्थित सडकमा नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।
उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डबी असप्ताल पठाइएकोमा उपचारकै क्रममा उनको निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए
लामा काठमाडौं उपत्यमा ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए । रामेछाप घर भएका उनी तार्केश्वरक—७ फुटुङ बस्दैआ एका थिए ।
लामाले २०७२ सालमा प्रहरी जवानमा भर्ना भै खुला प्रतिस्पर्धाद्वारा प्रहरी सहायक निरीक्षक र पछि फेरि खुला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षकमा नाम निकालेका थिए
प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी—५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY