२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बोलाएको हो ।
आज बुधबार नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ । उक्त बैठक दिउँसो २ बजेका लागि तय भएको छ । यो बैठक पूर्वनिर्धारित हो । यसअघि अनुशासन समितिको बैठक बोलाइएको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको छ । यस विषयमा अनुशासन समितिको बैठकमा छलफल हुने स्रोतको भनाइ छ ।








