१६ वैशाख, काठमाडौं । अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग छलफल गर्न लागेको छ ।
सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ । यसै विषयमा छलफल गर्न रास्वपाले सांसदहरुसँग अनौपचारिक छलफल गर्न लागेको हो ।








