काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको हिजो बैशाख २२ गते सम्पन्न भएको निर्वाचनको मतगणना परिणाम आउन थालेको छ। जिल्लार नगर र वस्तुगतका उपाध्यक्ष र कार्यकारिणी सदस्य निर्वाचित भैसकेका छन। एशोसिएटका उपाध्यक्ष,कार्यकारिणी सदस्य र द्विराष्ट्रिय सदस्यको मतगणना जारी रहेको छ। जिल्लानगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्माले ८७ मत र दिलसुन्दर श्रेष्ठले ८० मत ल्याएर विजयी भएका छन् । उमेश डालमियाले ५० मत र र कल्पना गैरेले ३० मत ल्याएर पराजित भएका छन ।
जिल्लारनगरको खुल्ला कार्यकारिणी सदस्यहरूमा अर्जुन कुमार श्रेष्ठले ११० मत, प्रयास कार्कीले १११ मत, कृष्ण कटुवालले १०५ मत, लक्ष्मणराज पौडेल र छत्रधर आत्रेयले समान १०४र१०४ मत, मोहन प्रसाद श्रेष्ठ र सन्तोष खड्काले १०२र१०२ मत, दीपक नेपालले १०० मत, केशव प्रसाद भण्डारीले ९८ मत र गोकुल श्रेष्ठले ९७ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी, हरिप्रसाद अर्यालले ९२ मत, तारा बहादुर कार्कीले ९० मत, शंकर गिरीले ८६ मत, उज्ज्वल प्रसाद कसजुले ८२ मत र सुदर्शन कार्कीले ८१ मत प्राप्त गर्दै विजयी भएका छन् ।
वस्तुगतको उपाध्यक्षमा श्रेष्ठ निर्वाचितः
महासंघको वस्तुगततर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठले ६३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरेर पराजित भएका छन् । वस्तुगत उपाध्यक्षमा विजयी भएका श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहका हुन । वस्तुगत उपाध्यक्षमा विजयी भएका नरेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत निर्यात प्रवर्द्धन समितिका पूर्व सभापति हुन। । उनी विगत करिब तीन दशकदेखि नेपालको निर्यात क्षेत्रमा सक्रिय रहँदै आएका छन । श्रेष्ठ यसअघि उनी वस्तुगततर्फ कार्यकारिणी सदस्यका रूपमा दुई कार्यकाल निर्वाचित भएका थिए र दुवै पटक उच्च मत प्राप्त गरेका थिए । साथै, उनले अघिल्लो कार्यकालमा निर्यात प्रवर्द्धन समितिमा सह–सभापतिको रूपमा पनि काम गरेका थिए । श्रेष्ठ नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष समेत हुन । उनले ऊनी फेल्टलगायत नेपाली मौलिक उत्पादनहरूको निर्यातमार्फत विदेशी मुद्रा आर्जनमा योगदान दिँदै आएका छन् । यसका अतिरिक्त श्रेष्ठ नेपालजर्मन चेम्बर अफ कमर्स र नेपाल निर्यात परिषद्का उपाध्यक्षसमेत हुन् । उनले हस्पिटालिटी, जलविद्युत् लगायत एक दर्जनभन्दा बढी कम्पनीमा लगानी गरेका छन ।
यस्तै, वस्तुगततर्फको कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारीले सर्वाधिक ७० मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, विदुर धमलाले ६८ मत, सागर ढकालले ६८ मत, रवीन पुरीले ६६ मत, राज कुमार कार्कीले ६३ मत, पशुपतिदेव पाण्डेले ६२ मत, लिलेन्द्र प्रसाद प्रधानले ६२ मत, भक्त बहादुर हमालले ५६ मत, नानिराज घिमिरेले ५२ मत, संघर्ष बिष्टले ५१ मत र होम प्रसाद घिमिरेले ५१ मत प्राप्त गरी निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सुनिता नेहाफुकीले ५४ मतसहित विजय हासिल गरेकी छिन् । यसैगरी, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५० ५० मत प्राप्त गरेका छन् । उनीहरूबीच गोलाप्रथामार्फत कार्यकाल निर्धारण गरिने भएको छ । यी ४ मध्येबाट ३ जनाले गोलाप्रथाबाट निर्वाचन जित्ने छन । यसरी वस्तुगततर्फ १६ कार्यकारिणी सदस्य पदका लागि भएको निर्वाचनमा १३ जना निर्वाचित भएका छन् भने बाँकी ३ जनाबीच गोलाप्रथाबाट टुंगो लगाइने भएको छ ।
त्यस्तै, वस्तुगत महासंघतर्फको कार्यकारिणी सदस्यमा सुनयना घिमिरे र विश्वनाथ खनाल निर्वाचित भएका छन् । द्विराष्ट्रियतर्फ एक सदस्यको लागि भएको निर्वाचनमा मनोज पौडेल विजयी भएका छन् ।









