नातिकाजी स्मृति समाजद्वारा राष्ट्रिय नातिकाजी सङ्गीत सम्मान तथा पुरस्कार वितरण कार्यक्रम २०८१ सम्पन्न,को को भए सम्मानित ?

काठमाडौँ । नेपाली गीत सङ्गीतमा लामो समयदेखि क्रियाशील गायकदेखि गीतकारसम्मले ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार २०८१’ प्राप्त गरेका छन् । नातिकाजी स्मृति समाजले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गरे ।
कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०८१’ ९ जनाले प्राप्त गरे । सम्मानित हुनेहरूमा गीतकार नारायणकुमार आचार्य, गायक जुजुकानी रञ्जित, गीतकार वीरेन्द्र पाठक, गायक शशी गुरुङ, गायक गणेश पराजुली, गीतकार÷गायक÷संगीतकार डा। भीमार्जुन आचार्य, संगीतकार निर्वाण सि गुरुङ, गीतकार साबु गदाल र गीतकार तथा संगीतकार अष्ट लामा रहेका छन् ।ब
त्यस्तै, ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०८१’ ६ जनाले प्राप्त गरेका छन् । यो पुरस्कार प्राप्त गर्नेमा गीतकार मनोज खड्का, गायक रोशन गुरुङ, संगीतकार ताराप्रकाश लिम्बु, गायिका सरिता शाही, एरेन्जर चाँद सिंह र रेकर्डिष्ट महेश्वर राजभण्डारी रहेका छन् ।
कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ भने गायिका सहिमा श्रेष्ठ, गायक सुरेश लामा र गायिका विपना तामाङले लिँदा ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०८१’ शास्त्रीय संगीततर्फ एक मात्र व्यक्ति प्रमोद उपाध्यायले थापेका छन् ।
सोही अवसरमा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०८१’ पत्रकारिता क्षेत्रबाट दुई व्यक्ति अनन्त वाग्ले र गीता अधिकारी पुरस्कृत भए ।
नेपाली सङ्गीत क्षेत्रका शिखर पुरुष सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको स्मृतिमा स्थापित यस समाजले हरेक वर्ष स्रष्टाहरूको पहिचान र प्रोत्साहनका लागि यस्तो सम्मान प्रदान गर्दै आएको समाजका अध्यक्ष शम्भुजित बास्कोटाले बताए ।

LEAVE A REPLY