काठमाडौं । ‘सक्षम सांसद सशक्त संसद्’ भन्ने नाराका साथ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ ।
रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौंमा प्रशिक्षण दिन दिने छ ।
सदनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूलाई विविध विषयमा आज र भोलि संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रशिक्षण दिइने विभागले बताएको छ ।







