घरेलु तथा साना उद्योगी सरोकारवालाहरुको संवाद कार्यक्रम सम्पन्न

काठमाण्डौ,घरेलु तथ साना उद्योग घसं काठमाण्डौद्वारा आयोजित घरेलु तथ साना उद्योगी सरोकारवालाहरुको कार्यक्रम एक भव्य समारोहका बीच हिजो काडमाण्डौमा सम्पन्न पएको छ ।“मेहेनेत, श्रजना,उत्पादन र वस्तुमेरै नेपालको”भन्ने नाराका साथ आयोजना गरिएको घरेलु तथा साना उद्योगी सरोकारवाला सम्बाद कार्यक्रममा रास्वपाका प्रतिनिधि सभा सदस्य तथा उप नेता गणेश पराजुली, नेपाल घरेलु तथा साना उद्योग संकी केन्दीय उपाध्यक्ष शोभा गुरुङ, उद्योग बाणिज्य कार्यलयका प्रमुख श्रीकष्ण आचार्य, नेपालराष्ट्रबैकका कार्यकारी निर्देशक रामशरण खरेल,चन्द्रागिरी नगर पालिकाका नगर प्रमुख घनश्याम गिरी, सहजकर्ता वरिष्ठ पत्राकार टिकाराम यात्री मञ्चमा आमन्त्रीत हुनु हुन्थ्यो भने विभिन्न क्षेत्रबाट आउनु भएका उद्योगी तथा साना व्यवसायिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहज कर्ता पत्राकार टीकाराम यात्रीले मञ्चमा आमन्त्रीत व्यक्तित्वहरुलाई उद्योगी व्यवसायिहरुको
विषयमा समासामयिक पश्न सोध्नु भएको थियो भने त्यसको उत्तर पनि मञ्चमा आमन्त्रीत व्यक्तिवहरुले नै दिनु भएको थियो । त्यसै गरी व्यवसायिहरुले राखेका जिज्ञासा हरुको पनि उत्तर दिने काम भएका थिए। संवाद कार्यक्रममा व्यवसायिहरुको व्यवसाय सम्बन्धि समस्या, चुनौति,जिज्ञासा,उद्योग दर्ता,उद्योग खोल्न कर्जा सुविधा,बस्तुको खपतगर्ने बजार,करतिर्ने समस्या लगायातका विषयहरुमा संवाद तथा छलफल भएको थियो ।

LEAVE A REPLY