काठमाडौं। सीजी मोटैर्सलले नेपालभर नयाँ विद्युतीय एसयूभीको औपचारिक डेलिभरी सुरु गरेको छ। कम्पनीले यो मोडललाई सुजुकीको पहिलो पूर्ण रूपमा निर्मित ब्याट्री सञ्चालित विद्युतीय सवारीका रूपमा नेपाली बजारमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार विश्वसनीय जापानी इन्जिनियरिङ, आधुनिक विद्युतीय प्रविधि, उच्च सुरक्षा सुविधा तथा दैनिक प्रयोगका लागि उपयुक्त डिजाइनका कारण ई–भिटाराले सार्वजनिक भएलगत्तै ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ। हाल बुकिङ गरिएका सवारीहरू सुजुकीको आधिकारिक डिलर सञ्जालमार्फत ग्राहकलाई हस्तान्तरण गर्न थालिएको कम्पनीले जनाएको छ।
लन्च अफरअन्तर्गत ई–भिटाराको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो विशेष मूल्य पहिलो १०० बुकिङका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।
नेपालभर रहेका २५ आधिकारिक बिक्री केन्द्र र ४० सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराइने बताइएको छ। प्रशिक्षित प्राविधिक, सहज स्पेयर पार्ट्स उपलब्धता तथा विद्युतीय सवारी सेवा पूर्वाधारले ग्राहकलाई दीर्घकालीन रूपमा कम लागत र भरपर्दो स्वामित्व अनुभव दिने कम्पनीको दाबी छ।
ई–भिटारामा ४९ किलोवाट आवर र ६१ किलोवाट आवर गरी दुई ब्याट्री विकल्प उपलब्ध छन्। यी संस्करणले क्रमशः १०८ किलोवाट र १२८ किलोवाटसम्म पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो आफ्नो मूल्य वर्गमा सबैभन्दा शक्तिशाली विद्युतीय एसयूभीमध्ये एक हो।
यसमा १०.१ इन्चको डिजिटल डिस्प्ले, १०.२५ इन्चको मल्टि–इन्फर्मेशन डिस्प्ले, ‘इन्फिनिटी बाइ हार्मन’ साउन्ड सिस्टम, वायरलेस कनेक्टिभिटी, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट तथा बहुरङ्गी एम्बियन्ट लाइटिङजस्ता प्रिमियम सुविधा समावेश छन्।
साथै, इको, नर्मल र स्पोर्ट्स ड्राइभिङ मोड, स्नो टेरेन मोड तथा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि उपलब्ध गराइएको छ। कम्पनीले ई–भिटाराले ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने जनाएको छ।
५० प्रतिशतभन्दा बढी हाई टेन्साइल स्टिल प्रयोग गरी निर्माण गरिएको यस एसयूभीमा लेभल–२ एडास, ७ एयरब्याग, सबै चक्कामा डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम र ई–कल जस्ता आधुनिक सुरक्षा फिचरहरू समावेश गरिएको छ







