सम्पादक समाजको पत्राकार पदयात्रा कार्यक्रम सम्पन्न

काठमाण्डौ,सम्पादक समाज नेपालले आफ्नो नारा “ सम्पादक समाज नेपालको अभियान नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता” भन्ने कार्यक्रम अन्तर्गत २०८३ असार २० गते शनिबार ललितपुरको गोदावरी नगरपालिका वडा न ७ देविचौर देउराली, बागमती गाउँ पालिकामा पर्ने नेपालको हवाई उड्डयनमा सुरक्षा दिने भट्टेडाडा स्थित राडर, पाकिस्तान एयरलाइन्स दुर्घटना भएको क्षेत्रमा पत्रकार पदयात्रा सम्पन्न गरेको छ । करिब १२५ जना पत्रकारहरु सहभागीता रहेको यात्रा समूहलाई गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, उपमेयर, वडा अध्यक्षले स्वागत गर्नु भएको थियो ।
सम्पादक समाज नेपालले काडमाण्डौको भृकुटीमण्डपबाट विहान ८ः१५ वजे यात्रा सुरु गरी करीव ४५ मिनेटको यात्रा पछिर गोदावरी नगपालिकाको कार्यलय पुगेरपत्राकारहरुलाई जलपाल र टी सर्ट वितरण गरेको थियो। सोही समयमा सो नगरपपालिकाका मेयर र उपमेयरको अगुवाईमा नगरपालिका भित्ररहेका कार्यकक्षहरुको अवलोकन पनि गरिएको थियो । तत् पश्चात करीब ११ वजेबाट देउराली, देबीचौर , दुधेश्वरमहादेव लगायतको भ्रमण टोली अगाडी बढेको थियो । भ्रमणका कक्रममा त्यस क्षेत्रका महत्वपूर्ण स्थानहरुको अवलोकन गरीएको थियो । भ्रमण अत्यन्तै रोचक र ज्ञानवर्धक भएको बताइएको छ ।,
भ्रमणको उद्येश्य आम नागरिकका भवना बुझ्नु, ओझेलमा परेका पर्यटकीय स्थानको प्रचारमा सहयोग गरेर स्थानीयको आय आर्जनमा सघाउ पुर्याउनु र जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरणका लागि संचारकर्मिलाइ जिम्मेवार वनाउनेरहेको सम्पादक समाज नेपालले जनाएको छ ।
विगतमा सम्पादक समाजले नुवाकोटको सुइरेचौर, लौके झरना, सिन्धुपाल्चोकको गुफा डाडामा पत्रकार पदयात्रा सम्पन्न गरिसकेको छ । सम्पादक समाजले भावीदिनहरुमा पनि यस्ताकार्यक्रमहरु गरिरहोस् शुभकामना ।

LEAVE A REPLY