असारसाउनको झरी सिजन सुरु भएसँगै केराको भाउ सस्तिने अपेक्षा उपभोक्ता र बजार विश्लेषकहरूको थियो । तर, अहिलेसम्म भाउ घटेको छैन ।
उपभोक्ताहरु भने भाउ घट्ला र केरा खाँउला भनेर आसै आसमा दिनहरु वितार्य रहेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार अहिले बजारमा नेपाली केराको थोक होलसेल मूल्य प्रतिदर्जन २ सयदेखि २ सय ५० रुपैयाँसम्म तोकिएको छ । विगतमा प्रति दर्जन रु १५० पर्ने केरालाइ अहिले रु २५० प्रति दर्जनमा किन्न बाध्य भएका छन्।
भारतीय केरा आयात रोकिएपछि नेपाली किसानले उत्पादनको राम्रो मूल्य पाएर फाइदामा रहे पनि आम उपभोक्ता भने महँगीको मारमा परेका छन् ।
बजारमा देखिएको यो अन्योलबारे फलफूल व्यवसायी र केरा उत्पादक किसानका आ—आफ्नै तर्क र दाबी छन्
दसैंतिहारमा ५० देखि ९० रुपैयाँ दर्जनमै पाइन्छ स् महासंघ
नेपाल केरा उत्पादक महासंघ तदर्थ समितिले भने अब केराको भाउ घट्दै जाने दाबी गरेको छ ।
समितिका अध्यक्ष विष्णुहरि पन्तले व्यवसायीको दाबी अस्वीकार गर्दै अबको केही समयमै केराको मूल्य भारी मात्रामा घट्ने दाबी गरे । स्वदेशी उत्पादन बढ्दै गएको र मनसुनसँगै आपूर्ति वृद्धि भएकाले केरा सस्तो हुने उनको भनाइ छ ।
‘अहिले उत्पादन एकदम बढ्दै छ, किसानको बगानमै १०(१२ रुपैयाँ प्रतिकोसा बिक्री भइरहेको मालभोग केरा अहिले घटेर ९ रुपैयाँमा झरिसक्यो, ७ रुपैयाँमा बिक्री भइरहेको जी(नाइन ९हरियो० केरा ६ रुपैयाँमा आइसकेको छ,’ अध्यक्ष पन्तले भने, ‘प्रतिकोसा एक रुपैयाँ दरले मूल्य घटिसकेको छ, अब यो बिस्तारै घट्दै जाने हो ।’
अहिले बजारमा देखिएको महँगी अस्थायी भएको र भदौ लागेपछि उपभोक्ताले सस्तोमै केरा किन्न पाउने पन्तको भनाइ छ । आगामी चाडपर्वमा उपभोक्ताले सोचेभन्दा सस्तोमा केरा पाउने उनको दाबी छ ।
‘दसैं, तिहार र छठजस्ता चाडपर्वमा उपभोक्ताले जी(नाइन ९हरियो० केरा प्रतिदर्जन ५० देखि ६० रुपैयाँ र मालभोग केरा ८० देखि ९० रुपैयाँमै पाउनेछन्,’ पन्तले दाबी गरे, ‘त्यो भन्दा बढी मूल्य पर्दै पर्दैन ।’
महासंघका अनुसार विगतका तुलनामा अहिले केराखेतीबाट राम्रो आम्दानी भएपछि किसानहरू यसतर्फ आकर्षित भएका छन्, जसले गर्दा नेपालमा केराको उत्पादन ह्वात्तै बढेको छ ।
उत्पादकहरूको भनाइ मान्ने हो भने नेपाल केरामा आत्मनिर्भर बन्दैछ र अर्को वर्षदेखि विदेश निर्यात गर्नुपर्ने अवस्था आउँदैछ ।
‘अलिकति राम्रो कमाइ भएपछि किसान लोभिए र खेती पनि विस्तार भएको छ, यसरी उत्पादन बढेको छ कि अबको एक वर्षमा विदेश भारत तिर केरा बेचेनौँ भने यहाँको मार्केटले मात्रै हाम्रो उत्पादन धान्नै सक्दैन,’ पन्तले भने, ‘अर्को वर्ष ५० देखि ६० रुपैयाँ दर्जनमा जी(नाइन केरा बेच्न पाइयो भने किसानले आफूलाई भाग्यमानी मान्नुपर्ने अवस्था आउँदैछ ।’








