मोहनविक्रमबारे ओलीको टिप्पणी : छाती पिटिपिटी ग्वाग्वा रोएर उधुम छ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पतन भएको टिप्पणी गरेका छन् । कांग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने भएपछि पुराना कम्युनिष्ट नेता सिंह अहिले छाती पिटेर रोइरहेको ओलीको भनाइ थियो ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको एक कार्यक्रममा उनले श्रीमती पौडेलले पद नपाउने देखेपछि रोइ कराई गर्न लागेका सिंह केका लागि जीवनभर कम्युनिष्ट भएका रहेछन् ? भन्ने कुरा पनि पर्दाफास भएको दाबी गरे । उनले सिंह निराश र हतोत्साही भएपछि के टिप्न पाइन्छ भनेर कांग्रेसको पछि लागेको आरोप लगाए ।

उनले भने, ‘एक जना आफूलाई कम्युनिष्ट भन्ने पुराना नेता छन् । तपाईहरुले पनि चिन्नु हुन्छ होला । मोहन विक्रम सिंह नाम हो उहाँको । अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटिपिटी रोएर उधुम छ बुढाको । कांग्रेस बाहिर रह्यो सरकारबाट । कांग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रिय सभामा मनोनित गरेर पठाउथ्यो होला सम्झिन्छन् । फेरि ग्वाग्वा रुन्छन् । छाती पिट्छन् । त्यसरी पतन हुँदो रहेछ मान्छे ।’ अध्यक्ष ओलीले सिंहको उदाहरण दिँदै पार्टी काममा सफलता हासिल नगरे निराश हुनेतर्फ पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

LEAVE A REPLY