इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा कांग्रेस र एमालेको विकल्प देखिएन

काठमाडौं । यही बैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेश सभा मा उपनिर्वाचन हुँदैछ। यसका लागि निर्वाचन आयोगले इलाम क्षेत्र नं २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता,७९ मतदान स्थल र १४९ मतदान केन्द्रको व्यवस्था गरिसकेको छ। यसैगरि बझाङ प्रदेश सभामा पनि ६१ हजार ७ सय ४८ मतदाता, ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहने व्यवस्था गरिसकेको अवस्था छ ।
इलाम क्षेत्र नं २ अन्तर्गत इलाम नगरपालिकाको १,२,३,४,५,६,७,८,९,११ र १२ वडा,माई नगरपालिकाको ६,७ र ८ नं वडा, देउमाई नगरपालिका, माङसेबुङ, फाकफोकथुम र चुलाचुली गाउँपालिका पर्दछन। यो क्षेत्र विगत तीन दशकदेखि एमालेको पकड क्षेत्रका रूपमा रहदै आएको छ। कांग्रेसका बेनुपराज प्रसाई र केशव थापाले मात्र एक – एक पटक चुनाव जितेका थिए। यो क्षेत्रमा इलाम नगरपालिकाका मेयर केदार थापा र चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङले कांग्रेसबाट चुनाव जितेका छन। अन्य सबै स्थानीय तह एमालेले कब्जा रहेको छ।

इलाम – २ मा प्रतिनिधि सभा सदस्यका लागि १२ राजनीतिक दलबाट १२ जना र स्वतन्त्र ७ जना गरी १९ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन । नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा ९एमाले०बाट सुहाङ नेम्बाङ, रास्वपाबाट मिलनकुमार योङयाङ लिम्बु, राप्रपाबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन।

यस्तै, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेमकिपाबाट श्यामबहादुर दर्जी, राप्रपा नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्तविक्रम शाह, नेशनल रिपब्लिक नेपालबाट धनराज राना मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट मनिबहादुर लिम्बू, नेपाली जनता दलबाट रेशमबहादुर सुनारले उम्मेदवारी दिएका छन् । पहिचानवादीका पक्षबाट मुडा चुनाव चिन्ह लिएर डकेन्द्रसिंह थेगिम पनि चुनावी मैदानमा रहेका छन।

उनको चुनाव चिन्ह मुढाको निकै चर्चा भैरहेको छ। अन्य स्वतन्त्र उम्मेदवारहरूमा अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं,डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्याल रहेका भएपनि यी उम्मेदवारहरूको खासै प्रचारप्रसार,चर्चा र मतदाताहरूको आकर्षण देखिएको छैन।
यता प्रदेश सभातर्फ बझाङ ९१० का लागि एक जना महिला र ११ पुरूष चुनावी प्रतिस्पर्धामा रहछन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमनबहादुर भण्डारी, माओवादी केन्द्रका जनकबहादुर बुढा, राप्रपाका किशोरकुमार खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री, जनमत पार्टीका सुशीलादेवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही चुनावी मैदानमा छन। यस्तै, नेपाली जनता दलका अशोक सुनार, नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का पनि चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन।

यो उपनिर्वाचनलाई २०८४ को मिनी निर्वाचनका रूपमा हेरिदै आएकाले ठुला राजनीतिक दलहरू कांग्रेस,एमाले, रास्वपा र पहिचानवादीहरूले जिवनमरणको सवाल बनाउदै आएका छन। बैशाख १३ गते राती १२ बजेसम्ममात्र प्रचारप्रसार गर्ने समय बाँकी छ। त्यसपछि मौन अबधि सुरू हुँदैछ। सबै राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरूले ठुला – साना चुनावी सभा र गाउँ – शहर पुगेर घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन।

 

 

LEAVE A REPLY