मन्त्री परिषदले गरेका आजका निर्णयहरु ः—

काठमाडौँ, २७ वैशाख : मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजीद्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ ।
आजबसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
त्यस्तै सरकारले समाज कल्याण परिषद्को रिक्तउपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सिफारिस अनुसार सरकारले उक्त निर्णय गरेको हो ।
त्यस्तै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
त्यसैगरी खेलकुद मन्त्रालयको प्रस्तावमा क्रिकेट, कराते र तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका ४२ खेलाडीलाई पुरस्कार वापतको रकम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

 

LEAVE A REPLY