काठमाडौँ।यस वर्ष पनि बर्खामा काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी खान नपाउने दिन नजिकिंदै आएका छन् ।
पानी ल्याउन मेलम्ची खोलाको बाँध क्षेत्रमा बाढी रोक्ने कुनै पनि पूर्वाधार अहिलेसम्म पनि नबनाउँदा यस वर्ष पनि बर्खामा काठमाडौँवासीले मेलम्चीको पानी खान नपाउने दिन नजिकिएका हुन् ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार ठूलो पानी पर्नासाथै पानीमा लेदो आउने र लेदोले सुरुङ मार्गमा असर पार्ने भएकाले बर्खामा पानी ल्याउन बन्द गरिनेछ।
उनका अनुसार सुरुङ मार्गमा बाढी रोक्ने पूर्वाधार बनिनसकेकाले लेदोसहितको बाढी आउनेबित्तिकै सुरुङमा असर पार्ने हुँदा पानी पथान्तर गरिने छैन।
वर्षामा दुई महिना पानी उपत्यका नआउने उनको भनाइ छ। गतवर्ष बाढीले गरेको हेडवर्क्स अहिलेसम्म नबनेकाले बर्खामा पानी उपत्यका ल्याउन नसकिने उनी बताउछन्।
सामान्यतया नेपालमा जुन ८जेठ २८ गतेमनसुन शुरु हुन्छ। यसवर्ष मौसम विज्ञान विभागले मनसुन शुरु हुने मिति बताइसकेको छैन। तर ठूलो पानी पर्नासाथै सुरुङ बन्द गर्ने तयारी अवस्थामा रहेको कार्यकारी निर्देशक लामिछानेले बताए।
अघिल्लो वर्ष असार ८ गते काठमाडौँमा पानी ल्याउन बन्द गरिएको भए पनि पानी ल्याउन भने ८ महिनापछि माघ १ गते मात्र उपत्यकामा मेलम्चीको पानी वितरण थालिएको थियो। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउँछ
उनका अनुसार सहायक सुरूङ सफा गर्न कठिन भएकाले यसपटक सुरुङ सुरक्षाका लागि मनसुन शुरु हुनेबित्तिकै पानी पथान्तर रोकिनेछ। गत वर्ष बर्खामा सुरुङमा बालुवा पसेकाले सफा गर्न कठिन भएको थियो।
२०७८ साल असार १ गते आएको निर्माण सकिएको पहिलो वर्षमै लेदोसहितको बाढीले कतिपय संरचना भत्काएपछि बर्खामा मेलम्चीको पानी काठमाडौँ ल्याउन समस्या देखिएको हो।
मेलम्ची खानेपानी विकास समितिले करिब ३ करोड रुपैयाँको लागतमा गत माघमा अस्थायी तवरमा पानी काठमाडौँ ल्याएको थियो।
मेलम्ची खानेपानी परियोजनाको दातृ निकाय एशियाली विकास बैङ्कएडिबीले अम्बाथानमा रहेको हेडवर्क्सलाई अन्यत्र सार्न सुझाएको भए पनि आयोजनाले बेवास्ता गर्दै आएको छ। त्यहाँ हेडवर्क्स सार्दा करिब ४ अर्ब रुपियाँ खर्च हुने अनुमान छ।








