२०८० पौष मसान्तसम्म नेपालमा डाक्टरको संख्या ४५ हजार ४ सय ९८ पुग्यो

 

काठमाण्डौँ । १३ जेठ– नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको छ । ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८ सय ८३ दन्त चिकित्सक र १० हजार ५ सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् ।
जसमध्ये पुरुष ६४। १ र महिला ३५।९ प्रतिशत छन् । सोही अवधिमा १ लाख २२ हजार ३ सय १३ विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् । सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसंख्यामा १।२० चिकित्सक र २।८३ नर्स छन् ।
यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो । २०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयं सेविकासमेत गरी १ लाख २ हजार ६ सय ८६ स्वास्थ्यर्की सरकारी सेवामा आवद्ध छन् ।

LEAVE A REPLY