अञ्जु श्रेष्ठ निमित्त सीईओमा नियुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ नियुक्तहुनुभएको छ ।
इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकले नायब सीईओ श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव ध्रुबप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
कम्पनीले कार्यकाल बाँकी छँदै सीईओ बिजयबहादुर शाहलाई बिदा गरेको न्यौपानेले उल्लेख गर्नु भएको छ ।

LEAVE A REPLY