काठमाडौं। नयाँ सत्ता समीकरणमा सहमति गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालले मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
तर प्रधानमन्त्री प्रचण्डलेआग्रहको वेवास्ता गर्दृै राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने बताएका छन् । उनको यो भनाईपछि अब नयाँ सरकार गठन प्रकृया कसरी अघि बढ्छ भनेर विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएमा वा प्रतिनिधिसभामा विश्वासको मत नपाएर पदमुक्त भएमा नयाँ सरकार गठनको प्रकृया सुरु हुनेछ ।
नेपालको संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।
राजीनामा नदिएमा विश्वासको मत लिने अधिकतम अवधिसम्म प्रधानमन्त्रीलाई सरकारमा रहने संवैधानिक आधार छ । तर त्यसअघि नै राजीनामा दिएमा भने नयाँ सरकार गठन प्रकृया अझ छिटो अघि बढ्नेछ ।
सम्वैधानिक कानुनका जानकारहरुले भने प्रधानमन्त्रीसँग विश्वासको मत लिने सम्वैधानिक अधिकार भएपनि आफ्नो सरकारमा सहभागी दलले नयाँ गठबन्धन बनाएकोले आफूसँग विश्वासको मत अर्थात् बहुमत छैन भन्ने देखेपछि राजनैतिक
प्रतिनिधिसभा विघटन र प्रदेश सरकार गठनका केही विवादमा सर्वोच्च अदालतले विश्वासको मत पाएको प्रधानमन्त्रीले राजीनामा दिएमा वा पदमुक्त भएमा फेरि शुरुदेखि नै सरकार गठनको प्रक्रिया शुरु गर्नुपर्ने भनी व्याख्या गरेको थियो । पछिल्लो पटक कोशीको फैसलामा समेत त्यसले निरन्तरता पायो ।
सिद्धान्ततः प्रधानमन्त्रीले विश्वासको मत लिने कि नलिने भन्ने उहाँको सम्बैधानिक अधिकारको कुरा भएकाले तत्काल राजीनामा दिन आवश्यक नभएको तर्क पनि कतिपय कानुनविद्को छ ।
उनीहरुका अनुसार अब संविधानको धारा ७६,३०अनुसार सरकार गठन प्रक्रिया अघि बढ्ने छ । संविधानको धारा ७६,३०मा दुई वा बढी दलले संयुक्त सरकार बनाउन नसकेमा प्रतिनिधिसभामा सबैभन्दा बढी सिट भएको दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नसक्ने व्यवस्था छ । प्रचण्ड संविधानको धारा ७६,२० अनुसार प्रधानमन्त्री बन्नुभएको थियो ।
नयाँ सत्ता समीकरणमा सहमति गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालले मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । तर प्रधानमन्त्रीले राजीनामा नदिने सङ्केत दिएपछि नयाँ गठबन्धनले अरु नै कदम चाल्नसक्ने विश्लेषण पनि गरिएको छ ।