काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिएको छ ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने जनाएका हुन ।
उनले संबिधान संशोधनको बारेमा दुवै दलले स्पष्ट ब्याख्या नगरेको र आफूहरुसँग पनि कुनै छलफल नगरेको जानकारी दिए ।








