काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका छन । यस सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट, क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवाहरुमा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु उपभोग गर्न बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । ग्राहकहरुलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।









