पूर्व राजा ज्ञानेन्द्र शाहंद्वारा तीनकुने घटना प्रति दुःख व्यक्त

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गर्नु भएको हो ।
उहाले नागरिक स्वतन्त्रताभन्दा ठुलो अरु कुनै तन्त्र नहुने समेत बताउनु भएको छ । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहको भनाई रहेको छ ।
नयाँ वर्ष २०८२ सालको शुभकामना दिन आज आइतबार जारी गरेको भिडिओ सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाबारे केही कुरा उल्लेख गर्नु भएको हो ।

LEAVE A REPLY