काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको बत्तीसपुतली शाखा साविक भवन, स्थानबाट स्थानान्तरण गरेको छ । बैंकले शाखालाई बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटो संगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनमा स्थानान्तरण गरी बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको हो ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका छन् । अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका छन् । शाखा कार्यालय आम नागरिक र सेवाग्राहीलाई सहज हुने स्थानमा स्थानान्तरण गरीएको बैंकले जनाएको छ ।
।









