इन्धन महँगियो पेट्रोल, डिजेल र मट्टितेलमा १५ रुपैयाँ वृद्धिःनिगम

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ।
नयाँ दरअनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै सुर्खेत र दाङमा १८६ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८४.५० रुपैयाँ निर्धारण गरिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको कारण पश्चिम एसियामा जारी युद्धलाई मुख्य कारणका रूपमा उल्लेख गरेको छ। पछिल्लो एक महिनादेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको निगमको भनाइ छ।
निगमका अनुसार मार्च १६ देखि ३१ सम्म करिब ५ अर्ब रुपैयाँ घाटा हुने अनुमान गरिएको थियो भने आगामी १५ दिनमा थप १५ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
यस परिस्थितिलाई ध्यानमा राख्दै निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ। साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै स्वदेशमा पनि मूल्य समायोजन गरिने जानकारी दिएको छ।

LEAVE A REPLY