यस्तो छ प्रधानमन्त्री बालेन बस्ने सिंहदरबारस्थित कार्यकक्ष

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा नवनियुत्त प्रधानमन्त्री बालेन शाह बस्ने कार्यकक्षको नयाँ डिजाइन बनाइएको छ । यो कार्यकक्ष र मन्त्रिपरिषद् बैठक हललाई वास्तुशास्त्र अनुसार मिलाइएको हो ।
वास्तुविज्ञले २ दिनसम्म निरीक्षण गरेपछि प्रधानमन्त्रीको आसन अब उत्तरतर्फ फर्काइएको छ । प्रधानमन्त्रीको कुर्सीको पछाडि रहने राष्ट्रिय निशान चिन्हलाई अब दाहिनेतिर सारिएको छ । कार्यकक्षमा टेबुलको ग्लास हटाइएको छ भने कूटनीतिक भेटघाट हुने स्थानको आसन पनि नयाँ राखिएको छ । बैठक हलको सेटिङ परिवर्तन गरिएको छ । त्यस्तै नयाँ सोफा र झण्डा समेत राखिएको छ ।

LEAVE A REPLY