बजारमाआयोडिनरहित नुन व्यापक रूपमा बिक्रीवितरण हुँदा जनस्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै विज्ञले चिन्ता व्यक्त गर्न थालेको ब्रजेश झाको भनाई

काठमाण्डौ,साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले व्यापारिक प्रयोजनका नाममा बजारमा आयोडिनको मात्रा नभएको नुन बिक्रीवितरण भइरहदा जनस्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेको बताउनु भएको छ । उहाँका अनुसार आयोडिन मानव शरीरका लागि आवश्यक सूक्ष्म पोषक तत्त्व हो । दैनिक भोजनमा प्रयोग गरिने नुनमा पर्याप्त आयोडिन नहुँदा विभिन्न गम्भीर स्वास्थ्य समस्या देखा पर्ने उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “आयोडिनको मात्रा नभएको नुनको बिक्रीवितरण निरुत्साहित गर्नुपर्छ । नुन भनेको व्यावसायिक वस्तु मात्र नभएर जनस्वास्थ्यसँग जोडिएको संवेदनशील विषय हो । आयोडिनरहित नुनको सेवनले भविष्यमा जटिल स्वास्थ्य समस्या निम्त्याउँछ ।”
आयोडिनको कमीका कारण घाँटीमा थाइराइड ग्रन्थि बढ्ने, मानसिक तथा शारीरिक विकासमा अवरोध, स्मरणशक्ति कमजोर हुने र सिकाइ क्षमता घट्ने जस्ता समस्या देखिन सक्छन् । विशेष गरी गर्भवती महिला र बालबालिकामा आयोडिनको कमीले दीर्घकालीन असर निम्त्याउने गर्छ । गर्भावस्थामा पर्याप्त आयोडिन नपाउँदा गर्भस्थ शिशुको मस्तिष्क विकासमा असर पुग्ने, बालबालिकामा बौद्धिक क्षमता कमजोर हुने, शारीरिक वृद्धि सुस्त हुने तथा सिकाइमा कठिनाइ हुने जस्ता समस्या निम्तने उहाँको भनाई छ ।

LEAVE A REPLY