सुकुमवासीहरु भन्न थाले—“हामीलाई पैसा होइन,गाँस, बास , कपास र शिक्षा चाहियो”
२८ असार, काठमाडौं । किर्तीपुरको होल्डिङ सेन्टरमा पानी चुहे पछि भक्तपुर सारिएका सुकुमवासीहरु बसोबास र बालबच्चा पढाउने बिद्यालय अपायक भए पछि हामीलाई पैसा होइन गाँस ,बास र कपासको ग्यारेन्टी चाहियो । अब यहाँबाट हामीलाई फेरि कहाँ सार्ने हो थाहा छैन,’
लगातार परेको पानीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि सुरक्षित स्थान तर्फ लगिएका सुकुम्बासीहरु किर्तिपुरबाट उद्धार गरेर ल्याउनु भयो,’ आउने इच्छा थिएन ।’
तर, पीडितरु भक्तपुरनजानुको अर्को विकल्प पनि थिएन ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा राखेर बालबालिकालाई उनको परिवारले सिनामंललमै पढाउँदै आएको रहेछ । तर भक्तपुर सारेपछि स्कुल झन् टाढा भयो । कीर्तिपुरबाट ३१ परिवारका ८९ जना शनिबार र आइतबार गरेर खरिपाटी पुगेका छन्। कसैलाई बोडे पुर्‍याएको छ ।
‘अब १२ गते ३ महिना पुग्छ । समस्या समाधान भएको छैन । आज गहृमन्त्री सहितको टोलीभक्तपुर गएर बन्दोबस्त गरी दिने बचन दिएको छ । अब हेरौं के हुन्छ,’ उनीहरुले भने ।
सरकारले घर भाडा वापत १५ हजार दिने भने पनि कीर्तिपुरमा बसेका ३०–३५ परिवारले फारम नभरेको उनीहरुको भनाई छ । । ‘होल्डिङ सेन्टर छोड्न २५ हजार र तीन महिनासम्म प्रति परिवार पन्ध्र—पन्ध्र हजार दिने भनेको थियो । हामीले फारम भरेको छैन,’ ‘हामीलाई पैसा चाहिँदैन । गाँस, बास, शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनु पर्‍यो ।’
पैसाभन्दा पनि आफूहरूको माग व्यवस्थित बसोबासको रहेको उनीहरुको भनाई छ ।

LEAVE A REPLY