एमाले सांसद सूर्य थापाद्वरा शिक्षा उपसमितिले गरिरहेको काम कारबाही सदनलाई जानकारी गराउनु पर्ने माग

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले शिक्षा ऐन सम्बन्धी बनेको उपसमितिमा भईरहेको कामको बारेमा सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरुलाई र सिंगो देशलाई जानकारी गराउन माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले उपसमितिमा भईरहेको कामको बारेमा शिक्षामन्त्रीले संसद मार्फत सिंगो देशलाई जानकारी गराउनु पर्ने बताएका हुन् ।
उनले भने, ‘यो सदनमा शिक्षामन्त्रीले पनि विषयवस्तु राख्नुपर्छ, उहाँले यो संसद र संसद मार्फत सिंगो देशलाई जानकारी गराउनु पर्छ ।
शिक्षा उपसमिति जुन गठन भएको छ त्यहाँ सबै पक्षको सर्वसहमतिमा एकसरो हिसाबले सबै दफामा छलफल भईरहेको छ र अब केही छलफल जारी रहेका विषयलाई टुङ्गाउने क्रममा काम भईरहेको छ ।
उपसमितिमा भईरहेको कामलाई सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरुलाई र सिंगो देशलाई जानकारी गराउनु पर्छ ।’
म शिक्षकहरुलाई आफ्ना घोषित कार्यक्रम अनुसार नै सरकार, संसद, समाज र सिंगो देशको जुन ध्यानाकर्षण गराई रहनु भएको छ त्यो प्रक्रियालाई नै अगाडि बढाउन आग्रह गर्न चाहान्छु र सुरक्षाकर्मीहरुलाई पनि संयम भएर काम गर्न आग्रह गर्न चाहान्छु ।’

LEAVE A REPLY