आवासीय चिकित्सकलाई निर्वाह भत्ता नदिने कलेजहरुको नाम थाहा पाइराख्ने की ?

१४ वटा निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई बढेको निर्वाह भत्ता दिन अटेरी गरेका छन् । शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल चिकित्सक संघ र चिकित्सा शिक्षा आयोगले दिएको निर्देशन उनीहरूले मानेका छैनन् ।निर्वाह भत्ता नदिने कलेजहरुमा पोस्ट ग्य्राजुएट पिजी तह पढाइ हुने विराट मेडिकल कलेज, बिएमसी मेडिकल कलेज, नोबेल मेडिकल कलेज, जानकी मेडिकल कलेज, नेसनल मेडिकल कलेज, सिओएमएस मेडिकल कलेज, सिएमसी मेडिकल कलेज, किस्ट मेडिकल कलेज, केएमसी मेडिकल कलेज, नेपाल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, युसिएमएस मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज र कान्तिपुर डेन्टल कलेज रहेका छन ।उनीहरुले निर्वाह भत्ता दिन अटेर गरीरहेका छन् ।

सोमबार मात्रै शिक्षा मन्त्रालयले निर्वाह भत्ता दिन निजी मेडिकल कलेजलाई पत्राचार गरेको थियो । आवासीय चिकित्सकको निर्वाह भत्ता नदिएका मेडिकल कलेजको सम्बन्धनसमेत खारेज गर्ने मन्त्रालयले चेतावनी दिइसकेको छ । गत शनिबार चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबिच निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन रोक्ने सहमति भएको थियो । तर, त्यो सहमतिलाई आवासीय चिकित्सकले अस्वीकार गर्दै आएका छन् । उनीहरूले निर्वाह भत्ता बैंक खातामा नआउँदासम्म आन्दोलन यथावत् रहने अडान राखेका छन् ।

 

LEAVE A REPLY