सिफारिस समितिले गर्यो ,दुई आयोगमा नाम सिफारिस

, काठमाडौं । सरकारले गठन गरेको सिफारिस समितिले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरूको नाम आज सिफारिस गरेको छ ।
आयोग सम्वद्ध स्रोतका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस भएको हो ।
सिफारिस समितिका संयोजक समेत रहेका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले भने, ‘समितिले नाम सिफारिस गरेको छ । ती नामहरू अहिले गोप्य राखिएको छ । बाँकी सरकारले नै निर्णय गर्ला ।’
समिति सम्वद्ध स्रोतले भने सत्य निरुपणमा थापा र बेपत्तामा गड्तौलाको नाम सिफारिस भएको बतायो ।

LEAVE A REPLY