आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौँ , राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
सभाको आइतवारको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रमको सत्तापक्ष र विपक्षी दलका सांसदहरू पक्ष र विपक्षमा मतदान गरेका थिए।
यसअघि नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। आइतवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए।
सरकारले अब नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नेछ। ज्येष्ठ १५ गते वार्षिक बजेट अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

LEAVE A REPLY