प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जना अख्तियारको कारबाहीमा

काठमाडौं । केही समय अघि सम्म भ्रष्टचारीलाई कारबाही गर्न सुूस्ताएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय ठूला माछा देखी मझौला माछा संमलाइ च्यापच्यापी समाउने तयारी थालेको छ । केही दिन अघि मात्रै पूर्व प्रधान मन्त्री माधवकुमार नेपालले पतंजलिलाइ आफु खशी जग्गा मिलाएको आरोपमा मुद्धा दर्ता गरेको छ । यसै क्रममा गत आइतवार नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको आयोगद्वारा जारी गरिएको सूचनाबाट प्रस्ट भएको छ ।अख्तियारको कारबाहीमा पर्नेहरुमा पबन्ध निर्देशक संगीता पहाडी,तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत गरी १८ जना रहेका छन् ।

नेपाल टेलिकमको बिलिङ सिस्टम अप्रेडको ठेक्कामा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दै रु .३३ करोड विगो दावी गरेको जनाइएको छ ।
यस प्रकरणमा पूर्वमुख्यसचिव डा .वैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब ३० जना कर्मचारी, टेलिकम सञ्चालक समितिका पदाधिकारीसँग पनि अख्तियारले बयान लिइसकेको जनाईएको छ ।

LEAVE A REPLY